‘ढाका कन्ट्रास्ट’मा ९ जना मोडलको विरालो चाल (हेर्नुस् फोटोफिचर)
screennepal
प्रकाशित: २०७३, १८ पुष सोमबार
no img

शब्द : एमपी सुब्बा
तस्बिर :  तस्बिर द स्टुडियो

dhaka-fashion-show-8

काठमाडौं, १८ पुस । राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको पे्रक्षालयमा गएको शनिबार साँझ ढाका कन्ट्रास्ट पहिरनमा करिब एक दर्जन मोडल विरालो चालमा स्टेजमा उत्रिए । जहाँ स–साना बालिकाहरुका लागि प्रतिस्पर्धात्मक सौन्दर्य प्रतियोगिता ‘सिन्डे«ला नेपाल’को ग्राण्ड फिनाले हुँदैथियो । तर, कार्यक्रमको मध्यान्तरमा एकाएक व्यवसायिक मोडलहरु विरालो चालमा स्टेजमा देखिएपछि दर्शक दंग भए । उनीहरुबीच कानेखुसी नै चल्यो, ‘आहा, कति राम्रो पहिरन ।’ मोडलहरुले प्रस्तुत गरेको ढाका मिश्रित गाउन, लेहेँगा, मेख्लीलगायतका पहिरनमा दर्शक लोभिए पनि । र, उनीहरुले त्यही चित्त बुझाउँदै भन्दैथिए, ‘हिजोआज ढाकाको पहिरन खुबै चलेको छ है ।’

dhaka-fashion-show-9

हो, त्यसदिन अर्थात् शनिबार ९ जना महिला मोडलहरु ढाका कन्ट्रास्ट पहिरनमा प्रस्तुत भइरहँदा खुबै चर्चा चल्यो । जहाँ मोडलहरुले द हाइल्याण्ड आर्ट तथा कल्पना ढाका बुटिकले तयार गरेको पहिरनमा प्रस्तुत भइरहेका थिए । ती सबै पहिरन द हाइल्याण्ड तथा कल्पना ढाका बुटिककी सञ्चालक एवं फेसन डिजाइनर कल्पना योङ्हाङले तयारी गरेका पहिरनमा मोडलहरु विरालो चालमा प्रस्तुत भएका थिए ।

dhaka-fashion-show-7
प्यासिफिक इभेन्ट मेनेजमेन्टले आयोजना गरेको सिन्ड्रेला नेपाल प्रतियोगिताको अवसर पारेर कल्पना ढाका बुटिकले उक्त फेसन शो गरेको थियो । सो फेसन शोका लागि मोडलहरुलाई मोडेल बिपना थापाले कोरियोग्राफी गरेकी थिइन् ।

dhaka-fashion-show-6

द हाइल्याण्ड आर्टले पछिल्लो समय ढाका कपडा तथा पहिरन प्रवद्र्धनका लागि विभिन्न स्थानमा फेसन शो गर्दै आएको छ । उक्त फेसन शो पछिल्लो एक उदाहरण मात्र हो । फेसन शो सकिएपछि फेसन डिजाइनर कल्पनाले भनिन्, ‘मोडल नानीहरुले राम्रै प्रस्तुती दिए ।’ कल्पना उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी थिइन् ।

dhaka-fashion-show-5 dhaka-fashion-show-4 dhaka-fashion-show-3 dhaka-fashion-show-2 dhaka-fashion-show-1

dhaka-fashion-show

Comments