बसन्ताको ‘मनमा’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, १६ पुष शनिबार
no img

काठमाडौं, १६ पुस । एक दशक यता निरन्तर संगीतसाधनामा रहेकी बसन्ता प्रकृतिले श्रोता तथा दर्शकका लागि ‘मनमा’ लिएर आएकी छन् । एल्बममा उनले हेरी सिधै नजरमा…, कति बस्छौ टाढा टाढा…, कल कल बग्ने…., चुलबुल चुलबुल….जस्ता गीतहरु समावेश गरिएको छ ।
चन्द्रप्रसाद काफ्ले, दीपक शर्मा, तुलसी बस्नेत र किशोर थापाका शब्द, संगीत रहेको ‘मनमा’ बसन्ताको पहिलो एल्बम हो । ‘अन्य कलेक्सन एल्बममा गीत गाए पनि ‘मनमा’ मेरो पहिलो एकल एल्वम हो’ उनले भनिन् । नेपाली गीत संगीत लगातार दश वर्षदेखि सिक्दै आएर अहिले अलिक परिपक्वका साथ स्रोतामाझ आएको उनको दाबी छ । एल्बममा रहेको कति बस्छौ टाढा टाढा…गीतको भिडियोले पनि यतिवेला लाखौ दर्शक÷स्रोताको साथ पाएको छ युट्युवमा । ‘मनमा’लाई भिवेश क्रिएशनले बजारमा ल्याएको हो ।

Comments