दीपक बज्रचार्यका दुई नयाँ गीत (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, १५ पुष शुक्रबार
no img

ddd

काठमाडौं, १५ पुस । कुनै समय गायक दीपक बज्रचार्यको जगजगी थियो । उनी युवामनका ढुकढुकी थिए । यिनै गायक करिब दुई दशकपछि यो साता एकसाथ दुई गीतका म्युजिक भिडियोमार्फत दर्शकमाझ आएका छन् । जसको बिहिबार काठमाडौंमा आयोजित एक समारोहमा सार्वजनिक गरिएको थियो । गायक बज्राचार्यले आफ्नो स्वरमा ‘अल्लारे…’ र ‘सानी…’ बोलका गीतलाई भिडियोसहित ल्याएका हुन् ।
अल्लारे…को निर्देशन सञ्चारकर्मी सुव्रत आचार्यले गरेका हुन् भने सानी…लाई निकेश खड्काले निर्देशन गरेका छन् । गायक बज्रचार्य तथा उनको सांगीतिक समुह रिदमले संगीतबद्ध गरेका यी गीतका शब्दहरु रिक्की शाक्यले रचना गरेका हुन् । दुबै गीतमा गायक बज्राचार्यको संगीत संयोजन छ ।
नेपाली पप गायन तथा संगीतिकको क्षेत्रमा गायक दीपक ब्रज्राचार्य स्थापित नाम हो । विगत देखि नै कर्णप्रिय पप गीत—संगीतमार्फत श्रोताको मन जित्दै आएका गायक बज्रचार्य झन्डै २ दशकभन्दा लामो समयदेखि यो क्षेत्रमा सक्रिय छन् । उनका लोकप्रिय गीतहरु काली काली हिस्सी परेकी, ओ अमिरा, मायाको डोरीले, अ“ध्यारोमा आउ“छौ तिमी, फर्केर आउने छैन…आदिका लागि स्मरण गरिरहन्छन् ।

Comments