काठमाडौं, १३ पुस । एक कलाकार टोली अंग्रेजी नयाँ वर्षको अवसरमा कतारमा आयोजना सांगीतिक कार्यक्रममा सहभागी हुन आज (बुधबार) त्यसतर्फ प्रस्थान गर्दैछन् । आई बोश कतारले सन् २०१७ को स्वागार्थ गर्न लागेको सो कार्यक्रममा करिब एक दर्जन नेपाली कलाकारले आफ्नो प्रस्तुती पस्कँदैछन् ।
कलाकार टोलीमा गायक रुपकुमार राई, प्रमोद खरेल, लोकगायक पशुपति शर्मा, गायिका सहिमा श्रेष्ठ, लोकगायिका ज्योति मगर, कोपिला गुरुङ, मोडल तथा नृत्यांगना रश्मी तामाङ, सुरजनी केसी, स्मृति तिमिल्सिना, शंकर बिसी हाँस्य कलाकार जितु नेपाल रहेका छन् ।
कलाकारको नेपाल संयाजन गायक रुपकुमार राईले गरेका हुन् । उनीहरुले यही ३० डिसेम्बरका दिन कतारस्थित एसियान टाउन सनैयामा हुने कार्र्यक्रममा सहभागी भई त्यहाँ रहेका दर्शक तथा श्रोतालाई नयाँ वर्षको शुभकामनासहित मनोरञ्जन प्रदान गर्नेछन् । कार्यक्रमको संयोजन गोपाल न्यौपानेले गरेका हुन् ।