‘सिन्ड्रेला नेपाल’ प्रतियोगीका विविध कला
screennepal
प्रकाशित: २०७३, ११ पुष सोमबार
no img

काठमाडौं, ११ पुस । ‘सिन्ड्रेला नेपाल–२०१६’ का अन्तिम स्पर्धीले राजधानीमा आयोजित एक कार्यक्रमबीच आ–आफ्नो प्रतिभा कौशल देखाए । ‘प्यासिफिक इभेन्ट एण्ड मेनेजमेन्टले ‘सिन्ड्रेला नेपाल–२०१६’ स–साना बालिकाहरुलाई लक्षित गरेर आयोजना गरेको हो । प्रतियोगितामा ९ देखि १३ वर्ष उमेर समूहका ४५ जना बालबालिकाले अन्तिम प्रतिस्पर्धा गर्दैछन् ।

img_6478

आइतबार ग्वार्कोस्थित १९९९ एडी ब्याङ्क्वेटमा आयोजित ‘ट्यालेन्ट शो’ मा प्रतिस्पर्धीैले नृत्य, गायन, अभिनय, वक्तृत्वकलालगायतका प्रतिभा देखाएका थिए । यही १६ पुसमा राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने अन्तिम स्पर्धा पूर्व आयोजना गरिएको ‘ट्यालेन्ट राउण्ड’ का लागि नेपाल बुटिक एशोसिएशनका अध्यक्ष उज्वलकृष्ण श्रेष्ठ, द सुपर मोडल नेपाल–२०१६ की विजेता इच्छा कार्की, कोरियोग्राफर तथा मोडल विपना थापा, द क्रियशन स्कुल अफ डिजाइनका अध्यक्ष रुविका खड्की, अधिवक्ता लक्ष्मण मर्हजन, आरएनआर ग्रुपका अध्यक्ष मञ्जु श्रेष्ठ र पत्रकार भुषणकुमार श्रेष्ठ निर्णायक रहेका थिए ।

img_6117
यस्ता किसिमका प्रतियोगिताले बालबालिकाको प्रतिभा प्रस्फुटन तथा आत्मविकास र क्षमताबृद्धिमा सहयोग पुग्ने संस्थाका अध्यक्ष फुपु तेन्जिङ शेर्पाले बताए ।

तस्बिर : एलिन मर्हजन

img_6441 img_6305 img_6184

Comments