तेह्रथुमे ढाकामय देखियो हङकङकमा पाथिभरा नाईट
screennepal
प्रकाशित: २०७३, ११ पुष सोमबार
no img

hongkong-program-5

काठमाडौं, ११ पुस । गएको २४ डिसेम्बरमा हङकङस्थित यउ मा तेई हल ढाकामय देखियो । ‘पाथिभरा नाइट–२’ नामक सांगीतिक कार्यक्रमका लागि त्यहाँ पुगेका नेपाली कलाकारहरु तेह्रथुमे ढाका पहिरनमा प्रस्तुत हुँदा दर्शकको नजर ढाकामा अडिएको थियो । नेपाल तारा दीपक लिम्बू ढाका कोटमा प्रस्तुत हुदाँ निकै आर्कषक देखिएका थिए । उनीमात्र होइन अधिकांश कलाकार ललितपुरस्थित तेह्रथुमे ढाका कलक्शनकी निरु आङबुङले तयार गरेका ढाका पहिरनमा प्रस्तुत भएका थिए ।

hongkong-program-6
पछिल्लो समयकी चर्चित गायिका मिलन अमात्य, गायक रुकमान लिम्बू हास्य कलाकार गणेश इशारा, सिला राई, मोडल तथा नृत्यांगना आयुशा राईलगायत कार्यक्रम सञ्चालिका याङ्जोम शेर्पा पनि ढाकाकै पहिरनमा देखिए । पाथिभरा क्लव हङकङको आयोजनामा भएको उक्त कार्यक्रम हेर्दा लाग्थ्यो, सो कार्यत्र mम तेह्रथुमे ढाकाले नै प्रायोजन गरेको थियो ।
कार्यक्रम सोचेभन्दा राम्रो भएको संयोजक हेमराज अङ्छङ्बोले बताए । तीन दिने कार्यक्रम लिएर हङकङ पुगेका यी कलाकारमध्ये कोही त्यतैबाट युके जाँदैछन् । मिलन अमात्यको हङकङबाटै युके जाने कार्यक्रम रहेको छ । गायक रुकमान हङकङमा एकल सोमा समेत प्रस्तुत हुँदैछन् । यो उनको हङकङ पहिलो यात्रा पनि हो ।

hongkong-program-4 hongkong-program-3 hongkong-program-2 hongkong-program-1

Comments