संक्रमित बालबालिकासँग विपनाले मनाइन् जन्मदिन
screennepal
प्रकाशित: २०७३, ८ पुष शुक्रबार
no img

img_4928

काठमाडौं, ८ पुस । मोडल विपना थापाले शुक्रबार एचआईभी संक्रमित बालबालिकासँग आफ्नो जन्मदिन मनाएकी छन् । पछिल्लो समय मोडलिङ व्यस्त ह्ुँदै आएकी विपना आफ्नो जन्मदिनको अवसर पारेर शुक्रबार कीर्तिपुरको भत्केको पाटीस्थित सफलता एचआईभी शिक्षा सदन पुगिन् । र, त्यहाँ आश्रित २४ जना संक्रमित बालबालिकामाझ जन्मदिनको केक काटिन् । केक काटेपछि उनले भनिन्, ‘यो मेरो २५औं जन्मदिन हो । यहाँका बालबालिकासँग जन्मदिन मनाउँन पाउँदा खुसी लागेको छ ।’

img_4981
विपनाले बालबालिकालाई जन्मदिनको केकमात्र खुवाइनन् । उनले बालबालिकालाई न्यानो कपडा पनि बाँडिन् । ‘यो जाडोमा बालबालिकालाई केही राहत होस् भनेर न्यानो कपडा बाँडेकी हुँ’, विपनाले भनिन्, ‘म हत्तपत जन्मदिन मनाउँदिनँ ।’ विपनाले बालबालिकालाई न्यानो टाउजर बाँडेकी हुन् ।
गत वर्ष एक बृद्धश्रममा जन्मदिन मनाएको स्मरण गर्दै उनले भनिन्, ‘रेष्टुरेण्ट र होटलमा मनाउनुभन्दा बालबालिका तथा बृद्धबृद्धासँग जन्मदिन मनाउँदा आनन्द लाग्छ ।’
सफलता एचआईभी शिक्षा सदन तथा बेबी लाईफ होम एक मात्र पहिचानसहितको विद्यालय हो । यसलाई राजकुमार पुन र उमा गुरुङले सञ्चालन गर्दै आएका हुन् । यस बेबी लाईफ होममा विभिन्न जिल्लाका आफ्नो अविभावक गुमाएका एचआईभी संक्रमित बालबालिका आश्रित छन् । उनीहरुलाई बेबी लाईफले सम्पूर्ण शिक्षा दीक्षा र स्वास्थ्य सेवा दिँदै आएको छ ।

img_4947 img_4937

Comments