विनोद खम्बु किन गर्छन् ‘दुई मुटुको कुरा…’ (हेर्नुस् भिडियो)
screennepal
प्रकाशित: २०७३, ७ पुष बिहीबार
no img

binod

काठमाडौं, ७ पुस । भनिन्छ, नेपाली फिल्मी क्षेत्रमा ‘हिरो’ र निर्माता छुटिनै छाड्यो ।’ यो व्यथा हिजोआज नेपाली संगीतमा पनि सरेको छ किनकि, यहाँ को संगीतकार ? को गायक ? भन्ने अवश्था छैन । हुन त जो जहाँ रहेपनि प्रतिभाको सम्मान गर्नुपर्छ । कुरो विनोद खम्बुको हो, जसलाई धेरैले चिन्ने परिचय हो संगीतकार । सुरुमा गायक भएर आएका यी खम्बुले पछिल्लो समय संगीतमै आफ्नो व्यस्तता बढाएका छन् । तर, यसो भनेर उनी गाउदैनन् भन्नेचाहिँ होइन है । खम्बु संगीत गर्छन् र गाउँछन् पनि । यो उनको उपस्थितिले देखाइरहेको छ ।
हो, खम्बुले गाउँछन् । र, पछिल्लो समय गाएका छन्,‘दुई मुटु हाम्रो…’ । उनले को सँग मुटु जोड्दैछन्, त्यो उनैलाई थाहा होला । तर, जब उनी यसरी गीतमा बहकिएका छन्, लाग्छ उनी प्रेममा छन् अर्थात् कुनै बन्धनमा । नेपाली समाजमा विवाहलाई एउटा बन्धनका रुपमा लिने पुरानो चलन छ । तर, अहिले यसको खण्डन हुन थालेको छ । कुरा जेसुकै होस्, गायक तथा संगीतकार खम्बु भर्सटायल हुन् । उनी गाउँछन्, नाच्छन् र संगीत गछ्रन् । यसको उदाहरण हो,‘दुई मुटु हाम्रो…’।
किराती जेबी राईको शब्द तथा चन्दु गोर्खालीको संगीत संयोजन रहेको यो गीतको भिडियोमा विनोद, नाजु राई, संगम र पुजाको अभिनय हेर्न सकिन्छ । भिडियो तल राखेको छ, सो तपार्इं आफै हेर्न पनि सक्नु हुनेछ । यो गीतको गीतको संगीत विनोदले नै गरेका हुन् । हालैमात्र पुर्वाञ्चलमा विभिन्न सात स्थानमा कन्सर्ट गरेर फर्केपछि उनले यो भिडियो सार्वजनिक गरेका हुन् । गीत अनुसार भिडियो पनि राम्र छ । त्यसैले त उनले स्क्रीन नेपालसँग भने, ‘होइन हौं दाजु, यो गीत श्रोता तथा दर्शकले रुचाउँछन् भन्ने मलाई लागेको छ ।’ राकेश किरातीले निर्देशन गरेको खम्बुको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुस् है त ।

Comments