काठमाडौं, ४ पुस । ‘म्हन्दोमाया गायिका’ का रुपमा स्थापित गायिका छिमी मम्बा नयाँ गीत तथा भिडियो लिएर आएकी छन् । यसपटक पनि छिमीले धादिङ, नुवाकोट र रसुवातिर लोकप्रिय मानिने म्हेन्दो भाका नै पस्केकी छन् । ‘सचो तबे बक्सरी’ बोलको यस गीतमा छिमीलाई स्वरमा नायक तथा निर्देशक समेत रहेका राज किङ वायबाले साथ दिएका छन् । भिडियोमा छिमी र राजले अभिनय गरेका छन् ।
म्हेन्दोमाया धादिङ, रसुवा र नुवाकोटमा गाइने लोकप्रिय लोक भाका हो । विशेषगरी यो भाका तामाङ समुदायका चर्चित छ । यसअघि छिमीले यसअघि पनि यिनै लोकप्रिय भाका गाएर आफूलाई गायनमा स्थापित गरेकी हुन् । फिल्मी अभिनयसँगै गायनमा रुचि राख्दै आएकी छिमी भन्छिन्, ‘मेरो रुचि गायन हो, त्यसमा पनि बढीजसो म्हेन्दो माया गाउने गरेकी छु ।’
हुन त छिमीले केही नेपाली गीत पनि गाइसकेकी छन् । आफ्नो सुन्दर रुप जस्तै सुरिलो स्वरकी धनी छिमी चलचित्र निर्माणमा पनि रुचि राख्छिन् । यतिखेर चलचित्र निर्माणको तयारीमा जुटिरहेकी छिमीले यसैबेला आफ्नो म्हेन्दोमाया गीत सार्वजनिक गरेकी हुन् । आफ्ना अघिल्लो गीतजस्तै यसलाई पनि दर्शक तथा श्रोताले रुचाउँनेछन् भन्ने उनको विश्वास छ ।
यो सार्वजनिक गीतका सौभाग्य एस. वाइबाको शब्द तथा संगीत रहेको छ भने एरेञ्ज कमल सरंगले गरेका हुन् । राज किङ वाइबाकै निर्देशन रहेको यस भिडियोलाई जम्बुलिङ फिल्मले यु–ट्युबमा सार्वजनिक गरेको हो । भिडियो निकै उत्कृष्ट बनेको छ । भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।