काठमाडौं, ३० मंसिर । किरात लिम्बू समुदायको महान पर्व चासोक तङ्नाम (उधौली) राजधानीमा धुमधाम मनाइएको छ । राजधानीमा बसोबास गर्दै आएका लिम्बू समुदायले ललितपुरको सानो हात्तिवनस्थित माङहिम परिसरमा जम्मा भएर चासोक तङ्नाम मनाए । चासोक तङ्नाम मनाउन लिम्बू समुदायका युवायवतीदेखि बृद्धबृद्धासम्म आफ्नो भेषभूषामा हात्तिवन पुगेका थिए । हेर्नुस् तस्बिरमा सानो हात्तिवनको चासोक तङ्नाम ।