अमेरिका रहेकी संगीताको नेपाली मन (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, ३० मंसिर बिहीबार
no img

sangita-thapa-magar-mata-nepali-mero-desh-nepal

काठमाडौं, ३० मंसिर । गायिका संगीता थापामगरको राष्ट्रभावको गीत ‘म त नेपाली’ सार्वजनिक भएको छ । पछिल्लो समय नेपाली लोकगीतमा आफ्नो छुट्टै परिचय बनाएकी संगीताको यस गीतलाई मगर्स क्रियशन म्युजिक प्रोडक्सन हाउसले निर्माण गरी बजारमा ल्याएको हो ।
गायिका संगीता केही समययता अमेरिकामा बस्दै आएकी छन् । तर, उनले त्यहाँ रहेर आफुले विदेशमा रहँदा गरेको अनुभूतिलाई गीतमार्फत व्यक्त गरेकी छन् । उनले भनिन्, ‘विदेशबाट नेपाली भाव व्यक्त गर्न पाउँदा खुसी लाग्यो ।’ संगीताले गीतमा यसरी भाव पोखिएकी छन् ः
जहाँ जाँउ लाग्छ मलाई मेरै देशको माँया,
आफ्नै भाषा संस्कृर्ती र आफनै भेषको माँया,
म त नेपाली मेरो देश नेपाल
हजार जुनीसम्म नेपाली भन्न पाँउ ।
बरिष्ठ गीतकार तथा संगीतकार सिपी मगरको शब्द शंकलन तथा संगीत रहेको यस गीतमा गायिकाका अलावा श्याम राना र दुर्गा सिंह राना मगरले अभिनय गरेका छन् ।
दुई दर्जनभन्दा बढी गीतमा स्वर दिइसकेकी संगीताले दर्शकको माँया पाएमा आगामी दिनमा लोकगीतका साथै राष्ट्रिय गीतहरुलाई पनि निरन्तरता दिने बताइन् ।

Comments