तेह्रथुमको श्रीजुङमा भव्य रुपमा मनाइँदै चासोक तङनाम
screennepal
प्रकाशित: २०७३, २६ मंसिर आईतवार
no img

काठमाडौं, २६ मंसिर । तेह्रथुमको श्रीजुङमा चासोक तङनामको अवसरमा विशेष कार्यक्रम हुँदैछ । लिम्बू समुदायको पहिचानका माङलाङ, केलाङ, येबालाङ, यालाङसहित आइतबारबाट कार्यक्रम सुरु भएको हो । कार्यक्रमको उत्घाटन गर्दै वडास्तरिय भलिबल प्रतियोगिता र डोरी तान्ने प्रतियोगितासमेत आयोजना गरिएको छ ।

bhim
त्यस्तै, २७ गते हाक्पारे पालाम, गुलेली हान्ने, तिर हान्ने, छेलो हान्ने, डोरी तान्ने, खुल्लागायन प्रतियोगिता, केलाङ तथा लिम्बु कविता बाचन प्रतियोगितालगायत बिभिन्न परम्परागत खेलहरुको समेत प्रतिपस्र्धा हुने आयोजक संघका सचिव दीपक लिम्बूले बताए ।
त्यस्तै, कार्यक्रममा प्रत्येक दिनको साँझमा पाहुना सत्कारको रुपमा परापुर्वकालदेखि लिम्बु जातीले जिवनयापनका लागि खाँदै आएको पेना माङदक, सगि सुम्बक (सिस्नोको दाल), याङबेन (झ्याउ), किनिमा,तोङवा, खरेङलगायतका परिकारहरुको व्यावस्था गरिएको आयोजक संघका सदस्य दीपेन चोङबाङले बताए ।
किरात थाक्थुङ चुक्लुङ गाउँ ईकाई समिति र आदिबासी जनजाती महासंघ गाउँ समन्वयन परिषद श्रीजुङ सहआयोजक रहेको यस चासोक तङनाममा २८ गतेका दिन राष्ट्रिय कलाकार भीम लिम्बु, अमृता सम्बाहाम्फे र जेपी नेम्बाङले आफ्नो बेजोड सांगीतिक प्रस्तुति दिँदैछन् । आयोजक सस्थाका सल्लाहकार संयोजक रुपबहादुर लुम्फुङवाका अनुसार कलाकारहरुले लिम्बु भाषाको हाक्पारे पालाम, ख्याली, मुन्धुमी साम्ला प्रस्तसत गर्नेछन् ।
लिम्बु जातीको मौलिक संस्कार संस्कति संरक्षण तथा संबद्र्धन गर्ने उदेशयले श्रीजुङका अगुवा युवाको सक्रियतामा थोक्पेफुङ केलाङ सयङ गठन गरि बिभिन्न कृयाकलापहरु सञ्चालन हुँदै आएको छ ।

Comments