मलेसियाबाट फर्केपछि गीत रेकर्डिङमा व्यस्त चुँडामणि
screennepal
प्रकाशित: २०७३, २६ मंसिर आईतवार
no img

काठमाडौं, २६ मंसिर । उनी सानैदेखि गीतसंगीतमा रुचि राख्थे, उनलाई सानोमा लाग्थ्यो, ‘म एकदिन गायक बनेरै छाड्छु ।’ उनै गायक बन्ने सपना सजाएका चुँडामणि मगरले आफ्नो सपना साकार बनाउँदै गायक बनेका छन् । चुँडामणिले चाँडै एल्बम ल्याउँदैछन् । हालैमात्र मलेसियाबाट फर्केका उनले भने, ‘एल्बमका लागि दुईवटा गीत पनि रेकर्डिङ गरिसकेँ ।’

chudamani
उदयपुर, साउनेका चुँडामणिले रोजगारीको सिलसिलामा करिब चार वर्ष मलेसियामा बिताए । यतिखेर नेपालमै रहेका उनले भने, ‘सानो छँदाको सपना पूरा गर्न नेपाल आएको हुृँ । एल्बम ल्याएपछि फेरि विदेश जान्छु होला ।’
चँडामणिले राजशुक्र लिम्बूलगायतको संगीतमा ‘तिमीलााई विश्वास गरेर’ र ‘उदायो बिहानी’ बोलको दुई गीत रेर्कड गराइसकेका छन् । उनले चाँडै नै एक लोकगीत पनि गाउने बताए । रेडर्क भएका गीतमा भने कमल सरवर र हेमन्त पुलामी मगरको शबदरचना रहेको छ ।

ccc
पछिल्लो केही वर्षयता एल्बमको बिक्री वितरण छैन । तैपनि एल्बम ल्याउने मनशायमा जुटेका उनले भने, ‘नामका लागि भएपनि एल्बम निकाल्न लागेको हुँ ।’ उनलाई एल्बम बिक्री हुँदैन भन्ने राम्ररी थाहा छ । तर, कलाकारका लागि एल्बम कृतिका रुपमा रहने उनको विश्वास छ । पछिल्लो समय एल्बम निकाल्ने रहर पनि यसैमा केन्द्रीत छ ।
गायक चुँडामणिले एल्बममा चारदेखि पाँचवटासम्म गीत समेट्ने बताए । जसका एक भिडियोमा पनि चाँडै निर्माण गर्ने सोच रहेको उनले सुनाए । ‘एल्बम र भिडियो एकैसाथ रिलिज गर्ने मेरो सोच छ’ एल्बम तयारीमा जुटेका उनले भने, ‘अहिलेको जमानामा म्युजिक भिडियो अनिवार्य छ ।’

Comments