जंगमलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’
screennepal
प्रकाशित: २०७३, २५ मंसिर शनिबार
no img

काठमाडौं, २५ मंसिर । यस वर्षको विन्ध्यावासिनी म्युजिक अवार्डमा गीतकार एवम् संगीतकार दीपक जंगमलाई लाइफटाइम अचिभमेन्ट अवार्ड दिइएको छ। गीतसंगीत क्षेत्रमा जीवनभर योगदादन गरेका जंगमलाई लाइफटाइम अचिभमेन्ट अवार्डसहित ५१ हजार १५१ रुपैयाँ प्रदान गरिएको छ।

jangam

अवार्डको यस सातौं संस्करणमा पत्रकारिताको माध्यमबाट गीत संगीत क्षेत्रमा योगदान पुर्‍याएवाफत सुमन खरेललाई विन्ध्यवासिनी कला पत्रकारिता सम्मानसहित २५ हजार ५२५ रुपैयाँ प्रदान गरिएको छ। गायक रामकृष्ण ढकाललाई १५ हजार ५१५ रुपैयाँ राशीको विन्ध्याबासिनी संगीतरत्न सम्मान प्रदान गरिएको छ।

यस वर्षको विन्ध्यावासिनी चलचित्र सम्मान भने छक्का पञ्जा चलचित्रकी निर्देशक दीपाश्री निरौलाले पाएकी छन्। उनले १० हजार १ रुपैयाँ पुरस्कार पाइन्। विन्ध्यावासिनी म्युजिक अवार्डमा बिभिन्न ३२ विधामा गीत, संगीत र कलाकारलाई सम्मान गरिएको छ। हेर्नुस् कुन विधामा कसले पाए अवार्ड ?

१ सर्वोत्कृष्ट नव प्रतिभा पप तथा सुगम संगीत तर्फ : कमल सौराग

२ सर्वोत्कृष्ट लोक दोहोरी मोडल तर्फ : शंकर बि.सी र अन्जली अधिकारी

३ सर्वोत्कृष्ट पप गायन पुरुष तर्फ :  बादल प्रसाईं

४ सर्वोत्कृष्ट नव प्रतिभा :  नहकुल ढकाल

५ सर्वोत्कृष्ट मोडल जोडी पप तथा आधुनिक भिडियो तर्फ : सनम कठायत र वर्षा राउत

६ सर्वोत्कृष्ट एरेन्जर : सुदिप सगर

७ सर्वोत्कृष्ट चलचित्र संगीत : अर्जुन पोख्रेल

८ सर्वोत्कृष्ट गीत : सुदिप रेग्मी (नदेखुं भन्छु)

९. सर्वोत्कृष्ट गायक लोक दोहोरी तर्फ : हरि डाँगी

१० सर्वोत्कृष्ट प्ले ब्याक सिंगर फिमेल : मेलिना राई

११ सर्वोत्कृष्ट लोक दोहोरी गीत :  एकनारायण भण्डारी (कलेजी छिनायौ)

१२ सर्वोत्कृष्ट रचना सुगम संगीत तर्फ :  राजकुमार बगर

१३ सर्वोत्कृष्ट गायन सुगम संगीत तर्फ महिला : अन्जु पन्त

१४ सर्वोत्कृष्ट एल्बम सुगम संगीत तर्फ : पदमा लिंखा मगर

१५ सर्वोत्कृष्ट गायन सुगम संगीत तर्फ पुरुष : प्रमोद खरेल

१६ सर्वोत्कृष्ट राष्ट्रिय भावनाले ओतप्रोत गीत टोपी लाए पनि हुन्छ :  क्षेत्रप्रताप अधिकारी

१७ सर्वोत्कृष्ट लोक दोहोरी रचना : प्रह्लाद सुबेदी

१८ सर्वोत्कृष्ट सुगम संगीत :  राजेश थापा

१९ सर्वोत्कृष्ट पप गायन महिला :  आकांक्षा बस्याल

२० सर्वोत्कृष्ट युगल गायन :  टीका प्रसाईं र राजेशपायल राई

२१ सर्वोत्कृष्ट लोक दोहोरी भाका : रामु खड्का

२२ सर्वोत्कृष्ट महिला गीतकार सुगम संगीत तर्फ : बबी गुरुङ निश्चल

२३ सर्वोत्कृष्ट सम्पादन म्युजिक भिडियो तर्फ :  निशान घिमरे

 २४ सर्वोत्कृष्ट म्युजिक कम्पनी : कामना म्युजिक प्रालि

२५ सर्वोत्कृष्ट संगीत पप तर्फ : जुगल डंगोल

२६ सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशन सुगम संगी तर्फ : सुरज श्रेष्ठ

२७ सर्वोत्कृष्ट लोक दोहोरी गायिका : मुना थापा

२८ सर्वोत्कृष्ट प्ले ब्याक सिंगर मेल पार्श्व गायन पुरुष तर्फ : सुगम पोख्रेल

२९ सर्वोत्कृष्ट ध्वनि मुद्रण : सहजना शाह

३० सर्वोत्कृष्ट छायाँकार क्यामरा पर्सन म्युजिक भिडियो तर्फ : हरि हुमागाईं

३१ सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशन लोक दोहोरी तर्फ : शिब बि.क

त्यस्तै यो वर्षको विन्ध्यावासिनी पब्लिक च्वाइस अवार्ड मिरा पोख्रेलले प्राप्त गरेकी छन्।

Comments