प्रकाशको ‘मेरो सारंगी’ सार्वजनिक
screennepal
प्रकाशित: २०७३, २५ मंसिर शनिबार
no img

काठमाडौं, २५ मंसिर । गायक तथा गीतकार प्रकाश सिंहले काठमाडौं सहर बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । ‘मेरो सारंगी’ नामक एल्बम बजारमा ल्याएक गायक अहिले उक्त एल्बम्को गीतहरु छायाँकन गर्दै दर्शक लाई मनोरञ्जन गराउन ब्यस्त छन् । ‘मेरो सारंगी’मा ९ वटागीतहरु रहेका छन् । जसमध्ये ३ वटा गीतको छायान्कन भाईसकेको छ भने बाँकी छायाँकन क्रममा रहेको उनले बताए ।

dersak-sorota-ko-man-jidai-prakesh-1

सार्वजनिक गरिएको ‘काठमाडौं सहर’ गीतमा उनले आफ्नी कान्छींलाई काठमाडौं घुमाउने र धरहरा पनि चढाउने वाँचा गरेका छन । त्यसो त उनको यो वाँचा वाँचा नै रह्यो दुर्भाग्यबश हाम्रो शान धरहरा आज हामीबीच छैन । प्रकाशका अनुसार यस गीतको शब्द मात्र नभएर रेकर्डिङ समेत २०७२ को विनशकारी भूकम्प आउनु एक दिनअगाडि नै गराएका थिए । उनले आफ्नो देशको शानको नाम राखेर लेखिएको र गाइएको गीत पहिलो भएका कारण, धरहरा नरहे पनि धरहराको स्मृतिमा आफ्नो कान्छीलाई घुमाउने सपना अधुरो रहे पनि यसगीतका कुनै पनि शब्दहरु परिवर्तन नगरेको बताए । बैदेशिक रोजगारको शिलशिलामा मकाउ बस्दै आएका उनी फुर्सद्को समय निकालेर गीत लेख्ने र गाउने गर्छन ।
उनको पहिलो भिडियो ‘मेरो सारंगीमा’ प्रकाश आफैँ नायीका नीता ढुंगानासँग देखा परेका छन् । ‘मेरो सारंगीलाई जसरी दर्शकहरुले मन पराएका थिए त्यसरी नै काठमाडौं सहरलाई पनि मन पराइदिनु हुनेमा आशावादी छु’ उनले भने । ‘काठमाडौं सहर’लाई हामीले निक्कै मिहिनेतका साथ दर्शक÷स्रोतामाझ ल्याउन लागेको निर्देशक, छायाँकार तथा सम्पादक दीपेश सुनुवारले दाबी गरे ।

Comments