यसरी गठन भयो संगीत–कला पत्रकार संघ
screennepal
प्रकाशित: २०७३, २५ मंसिर शनिबार
no img

काठमाडौं, २५ मंसिर । नेपाली गीतसंगीत, चलचित्र, नाटक, फेशन, कला र संस्कृतिलगायतका कलाका सम्पूर्ण विधामा सक्रिय रहेका पत्रकारहरु एकजुट भएका छन् । उनीहरुले ‘संगीत कला पत्रकार संघ’ नामक संस्था गठन गरेका छन् । राजधानीमा शुक्रवार भएको भेलाले सुमन बैरागीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

maja
संघका दुई उपाध्यक्षमा क्रमशः विनिता मरहठ्ठा (अन्नपूर्ण पोष्ट दैनिक) र लोकराज अधिकारी (संगीत संसार नेपाल) रहेका छन् । महासचिवमा शुक्रवार साप्ताहिकका डिबी खड्का चयन भएका छन् । यसैगरी सचिवममा जनता रेडियोकी राधिका अधिकारी, कोषाध्यक्षमा स्क्रिन नेपाल डटकमका एमपी सुब्बा र सहकोषाध्यक्षमा कान्तिपुर टेलिभिजनका सीताराम बडाल चयन भएका छन् ।
सदस्यहरुमा राम थापा (रेडियो नेपाल), गोविन्द गिरी (गोर्खा एफएम) सजना बराल (कान्तिपुर दैनिक), रिजन थापा (इमेज टिभी), रामनाथ घिमिरे (विएफविएस रेडियो), सुरज खड्का (एभिन्युज टिभी), दिपेशराज थारु (फोटोग्राफर), सविता पोखरेल (म्युजिकखबर डटकम) छन् ।
नेपाली गीत संगीत, चलचित्र, नाटक, फेशन, कला र संस्कृतिलाई मुख्य विषय बनाएर रिपोर्टिङ गर्ने साझा संगठन नभएकाले ‘संगीत कला पत्रकार संघ’ गठन गरिएको हो । यी क्षेत्रमा रिपोर्टिङ गर्ने पत्रकारहरुको हकहित संरक्षण गर्ने र कला क्षेत्रका विविध विषयमा बहश र पैरवी गर्ने यसको उद्देश्य रहेको छ ।
यसैबिच शुक्रवार नै दिवंगत झापाका पत्रकार मदन ढकाल र कलाकर्मी आरपी भट्टराईको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति संघले समवेदना प्रकट गरेको छ ।

Comments