रेशुलाई रुकमानको सोधनी ‘…म के के भनुँ’ (हेर्नुस् त भिडियो)
screennepal
प्रकाशित: २०७३, २३ मंसिर बिहीबार
no img

rukman

काठमाडौं, २३ मंसिर । गायक रुकमान लिम्बू पछिल्लो समय गायन र मोडलिङमा उत्तिकै जम्दै आएका छन् । केही महिना अघि मात्र ‘हाक्पारे पालम ख्याली’ बोलको गीत तथा भिडियो ल्याएर चर्चामा आएका रुकमानले त्यसयता थुपै्र म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । गायनमा जति उचाई लिइरहेका छन्, त्यति नै रुकमान मोडलिङमा पनि व्यस्त हुँदै आएका छन् । यसैक्रममा पछिल्लो समय उनी एक म्युजिक भिडियोमा देखिएका छन् ।
‘तिमीलाई म के के भनुँ’ बोलको यस गीतलाई उनैले गाएका हुन् । यस गीतमा जति राम्रो स्वर दिएकाक छन्, उनले त्यति नै कसुल अभिनय पनि । यो रुकमानको दोस्रो एल्बममा समावेश गीत हो ।
विशाल भण्डारीले निर्देशन गरेको ‘तिमीलाई म के के भनुँ’ गीतको भिडियोमा गायक रुकमानसँग रिशु तामाङ र बुद्ध थापाको पनि अभिनय छ । अर्जुन तिवारी एण्ड टिमको छायांकन रहेको यस भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।
यस गीतलाई गायक डम्बर नेपालीले लेखेका हुन् भने संगीत पनि स्वयं डम्बरले नै दिएका हुन् । यो भिडियो रुकमानले आफ्नै यु–ट्युब च्यानलमार्फत सार्जनजनिक गरेका हुन् ।

Comments