ताप्लेजुङमा चासोक तङ्नामको रौनक 
screennepal
प्रकाशित: २०७३, २३ मंसिर बिहीबार
no img

काठमाडौं, २३ मंसिर । केही साता अघि मात्र ‘कञ्चनजंगा हिरक महोत्सव’ले तताएको ताप्लेजुङ अहिले चासोक तङ्नामले तताएको छ । लिम्बू समुदायको विशेष पर्व चासोक तङ्नाम–२०७३ को अवसरमा ताप्लेजुरङमा ‘सिरिजंगा रनिङ च्यालेञ्ज कप’ सुरु भएको छ । मंसिर २२ बाट सुरु भएको यो कप २८ गतेसम्म चल्ने कार्यक्रमका संयोजक सैलेन्द्र थेबेले बताए । यो ‘सिरिजंगा रनिङ च्यालेञ्ज कप’को तेस्रो संस्रण हो ।

bbbn
कार्यक्रममा फुलबललगायत विभिन्न सांगीतिक कायक्रम पनि भइरहेको छ । चासो तङ्नाम–२०७३ मा अतिथिका रुपमा सञ्चारमन्त्री सुरेन्द्र कार्की सहभागी हुन ताप्लेजुङ पुगे । चासोक तङ्नामलाई विशेष र भव्य बनाउन राजाधानीबाट कलाकार ताप्लेजुङ पुगेका छन् ।
संयोजक थेबेले जानबारी गराएअनुसार काकर्यक्रमा मोडल तथा गायक कुसल थलङ, कलाकार यासेली योङहाङ, मोडल रुपा आङबुहाङ, गायिकाक दीपा सुहाङ लिम्बू, मेरिना चेम्जोङ, बविता फोम्बो, मिस लिम्बू–२०१६ की विजेता सानु नेम्बाङलगायत ताप्लेजुङ पुगेका छन् । यी कलाकार अधिकांक जिल्लाकै हुन् । उनीहरुले कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउने छन् ।
भानु उच्च माध्यमिक विद्यालय प्रागणमा हुने कार्यक्रममा लिम्बू कल्चर झल्काउने नाचगान र भेषभूषाको पनि प्रदर्शन गरिनेछ । ‘सिरिजंगा रनिङ च्यालेञ्ज कप’ मा सहभागी भइ विजेता तथा उप विजेताका लागि नगद पुरस्कार समेत राखिएको छ । (पोस्टरमा हेर्नुहोला) । यो कार्यक्रम कञ्चनजंगा फुङलिङ क्लव र ताप्लेजुङ कियाचुले संयुक्त रुपमा गरेको हो ।

Comments