‘सिनथेसिस’ शीर्षकमा पाँच कलाकारको प्रदर्शनी
screennepal
प्रकाशित: २०७३, १२ मंसिर आईतवार
no img

काठमाडौं, १२ मंसिर । पाँचजना नेपाली कलाकारले एकदिने सामूहिक कला प्रदर्शनी शनिबार काल्म रेष्टुरेन्ट टंगालमा गरेका छन् । तिलिचो कलाको आयोजना गरेको सो प्रदर्शनीमा वरिष्ठ कलाकार लोक चित्रकार, प्रथम राज बज्राचार्य, सप्तराज बज्राचार्य, आकाश प्रधान र रसना बज्राचार्यको सहभागिता रहेको थियो ।
‘सिनथेसिस’ शीर्षकमा गरिएको सो प्रदर्शनीमा लोक चित्रकारका पौभा कला राखिएको छ । ४५ कलाकृति राखी गरिएको सो प्रदर्शनी २७ नोभेम्बरदेखि ३० सम्म ‘द फ्याक्ट्री रेष्टुरेन्ट’ ठमेलमा गर्न लागिएको तिलिचो कलाका सञ्चालक उर्जेन नोर्बुले बताए ।

art-ex1
उनले थपे, ‘परम्परागत र समसामयिक कला दुवै विधाको संयुक्त प्रदर्शनी गरिएको हो । यस प्रदर्शनी मार्फत नेपाली कलाको प्रवर्धन र कलाकारलाई आर्थिक रुपमा रुपमा अगाडि बढाउने योजना रहेको छ ।’ नेपालमा कलाको बजार सहज र व्यवस्थित नरहेको अवस्थामा संस्थाले काम गरेको गुरुङले बताए । उनले थपे, ‘कला क्षेत्रमा बाहेक सबै क्षेत्रमा कला पुग्न सकोस् भन्ने उद्देश्य पनि हाम्रो रहेको छ । त्यस्तै अन्तर्राष्ट्रिय रुपमा समेत नेपाली कलालाई लैजानका लागि प्रदर्शनी महत्वपूर्ण हुने भएकाले यहाँ नेपालका वरिष्ठ तथा प्रतिभाशाली कलाकारको कला प्रदर्शनी गरिएको हो ।’
तिलिचो कलाले कला क्षेत्रमा धेरै सराहनीय काम गरेको प्रदर्शनीमा सहभागी कलाकार लोक चित्रकारले बताए । उनले भने, ‘नेपालमा कलाको पहुँच सीमित क्षेत्रमा मात्रै छ । यसलाई फराकिलो बनाउन यस्ता प्रदर्शनीको महत्व रहन्छ ।’

art-ex4
प्रदर्शनीमा चित्रकारले नेपालको अहिलेको राजनीतिक पीडालाई कलात्मक रुपमा प्रस्त्ुत गरेका छन् । नेपाल आमा प्रसव पीडामा रहेको र त्यसबाट मुक्ति पाउन सबै नेपाली एकजुट हुनुपर्ने सन्देश उनको चित्रमा रहेको छ ।
प्रदर्शनीमा सामाजिक जीवन, भूकम्प त्रासदी, महिला हिंसा र महिलाप्रतिको सामाजिक दृष्टिकोणलाई आधार बनाएर अर्का कलाकार रसना बज्राचार्य चित्र बनाएकी छन् । उनका चित्रमा हिंसा र बलात्कारका घटनाले समाजलाई नै कुरुप बनाइरहेको छ । ती घटना मानव जातिकै लागि खतरा रहेको बज्राचार्यले बताइन् । प्रदर्शनीमा आकाश प्रधानले फोटो राखेका छन् । उनले भूकम्पका बेला खिचिएका तथा प्रकृति र सामाजिक जीवनसँग सम्बन्धित फोाटो प्रदर्शनीमा राखेका छन् । प्रथमराज बज्राचार्यका परम्परागत मूर्ति र सप्तराज बज्राचार्यका समसामयिक मूर्ति राखिएको छ । तस्वीर सौजन्यः रितेश शाही

Comments