भगवतीको गजलमा ‘सत्प्रयास’
screennepal
प्रकाशित: २०७३, ११ मंसिर शनिबार
no img

काठमाडौं, ११ मंसिर । नेपाली गजलको क्षेत्रमा लामो समयदेखि अनवरत गजलकार तथा गीतकार भगवती बस्नेत ‘सत्प्रयास’ लिएर आएकी छन् । उक्त गजल एल्बमको विन्ध्यवासिनी म्यूजिक प्रालीको आयोजनामा शुक्रबार राजधानीमा सार्वजनिक गरिएको थियो । एल्बमको बरिस्ठ गजलकार तथा गीतकार डा.कृष्णहरि बराललगायतले सार्वजनिक गरेका थिए ।

satprayas
विमोचित गजल एल्बममा ६ वटा गजल समावेस गरिएको छ । प्रमोद खरेलको आवाजमा अपुरै भो, अन्जु पन्तको आवाजमा बसन्ती रंगभरी, केशव पौडेलको आवाजमा यो छातीमा, निशा देसारको आवाजमा प्रवासमा रुनु कति, निरा रानाभाटको आवाजमा काली कति राम्री र मनोजराजको आवाजमा नेपाली म बालका गजल एल्बममा सुन्न सकिन्छ । एल्बममा गजलकार भगवतीको एकल शब्द तथा संगीत केशव पौडेलको रहेको छ ।
कार्यक्रममा विन्ध्यवासिनीका संचालक सुवास रेग्मीले गीत संगीतको बिकास हुन नसक्ने अबुझ व्यक्तित्वहरु कारक रहेको बताए । एल्बमका केही गीतहरु विन्ध्यवासिनी म्युजिककै युटुब च्यानलमा केहि दिनपछि हेर्न सकिने रेग्मीले बताए ।

Comments