‘ढुंगालाई देउता मान्दा बेहोस…’ (भिडियो)
screennepal
प्रकाशित: २०७३, २ मंसिर बिहीबार
no img

काठमाडौं, २ मंसिर । गायिका रेनु मोक्तानले ढुंगालाई देउता मानेर पुज्दा बेहोसी भएकी छन् । आखिर देउता भनेर पुजिसकेपछि सबै दोष जानुपर्ने तर उनी बहोसी बनेपछि ढुंगा–ढुंगै भएको बल्ल बुझ्छिन् । त्यसपछि अर्काको नजरमा दोषी हुनु जिन्दगीका लागि सबैभन्दा खराब भन्ने उनलाई थाहा भएको छ ।
प्रशंग गायिका रेनुको पछिल्लो एल्बम ‘परिचय’को शीर्ष गीत ‘ढुंगालाई देउता मानी पुजेथें…’ को म्यूजिक भिडियो हो । जुन हालै सार्वजनिक भएको छ । जीवन बमजनको शब्द तथा टीका बमजनको संगीतमा तयार भएको यो गीत शुभकामना मिडियाबाट बजारमा आएको हो । भरत कुमार महतोको निर्देशनमा तयार भएको यस गीतको म्यूजिक भिडियोलाई धर्म मानन्धरले छायाँकन गरेका हुन् । ज्ञारेन गोपालीले सम्पादन गरेको यो म्यूजिक भिडियोमा कविता, विवेक र प्रतिक्षाको अभिनय रहेको छ । भिडियोलाई म्यूजिक खबर डटकमले आफ्नै यूट्यूबमार्फत सार्वजनिक गरेको हो ।

https://www.youtube.com/watch?v=Ib2-4SyLVo0

Comments