पूनर्निर्माणमा जुट्ने होइन त ? (यो भिडियो हेर्नुस्)
screennepal
प्रकाशित: २०७३, १ मंसिर बुधबार
no img

काठमाडौं, १ मंसिर । महाभूकम्पपछि सुचारु हुनुपर्ने पूनर्निर्माणको कार्यले गति लिन सकेको छैन । यसैबेला पूनर्निर्माण गरेर नेपाललाई पुनः एकपटक सुन्दर बनाइनुपर्छ भन्ने भावना बोकेको गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक समारोहमा गीतकार सुना भण्डारीद्वारा रचना गरिएको ‘हे आमा नेपाल…’ गीतको एल्बम तथा म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतकार भण्डारी तथा म्युजिक भिडियोका निर्देशक कृष्णदेव रुपाखेतीले उक्त एल्बम विमोचन गरेका हुन् ।
यो एल्बमलाई पशुपति वंशीराम मण्डप नेपालले प्रस्तुत गरेको हो । यो गीतमा गायिका संगीता राना प्रधान तथा गायक विनोद पछाईको यूगल गायन छ । विनोद पछाइ यो गीतका संगीतकार पनि हुन् । सार्वजनिक गरिएको भिडियोमा अभिनेता नरेन खड्का तथा अभिनेत्री सम्पदा बानिया“ले अभिनय गरेका छन् । महाराजा थापाद्वारा संगीत संयोजन गरिएको यो गीतको भिडियोका छायांकार अमृत सुनुवार हुन् भने निशान घिमिरेले यो भिडियोलाई सम्पादन गरेका हुन् । भिडियोमा भूकम्पले पु¥याएको क्षतीदेखि लिएर पुनर्निर्माणका प्रयासहरुलाई समेत समेटिएको छ ।

Comments