एकसाथ चार भिडियो ल्याउँदै रितुराज
screennepal
प्रकाशित: २०७३, १ मंसिर बुधबार
no img

rr

काठमाडौं, १ मंसिर । गायक रितुराज लिम्बू एकसाथ चार वटा म्युजिक भिडियो लिएर आउँदैछन् । केही समयअघि मात्र गीति एल्बम ‘रहर–५’ ल्याएका रितुराजले चारवटै भिडियोको सुटिङ भइसकेको बताए । मोसफलमा बसेर नेपाली गीतसंगीतमा निरन्तर लागिपरेका रितुराजले यसपटक आफ्नो सबै भिडियोको छायांकन पूर्वमै गरेका छन् । रोज लिम्बूको निर्देशन रहेको ति भिडियोहरु तेह्रथुम, धनकुटा र धरान आसपासमा छायांकन गरिएको छ ।

rrr
अब केही साताभित्र सार्वजनिक हुने भिडियोहरु रितुराजले आफ्नो विभिन्न एल्बमबाट लिएका हुन् । उनका अनुसार ‘रहर–२’ को ‘बचन पुरानै’ ‘रहर–५’ को ‘हाँसखेल गर्दै’, ‘रिमाइण्ड’ को ‘हाम्रो बाजा बजाउँला’ र अर्को एक गीतको भिडियो रहेको छ । ति गीतहरुमा रितुराजकै स्वर तथा संगीत रहेको छ । यी भिडियोहरुमा रितुराजका अलावा कृपा खापुङ, बसन्त लिम्बू, दृश्य लिम्बू र रोज लिम्बूको अभिनय हेर्न सकिनेछ । गायक तथा संगीतकार रितुराजले ‘रहर’ नामका शृंखलाबद्ध एल्बम ल्याउँदै आएका छन् ।

Comments