कसले सुन्ने ओमको मनको कुरा… (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, १ मंसिर बुधबार
no img

काठमाडौं, १ मंसिर । सुरमै गायक बन्न चाहन्थे ओम सुनार । तर, उनी गायकभन्दा बढी संगीतकार रुपमा चिनिन थाले । चलचित्रलगायत सयौं आधुनिक गीतमा संगीत गरिसकेका ओमले गाउनमा पनि छाडेका छैनन् । रहरअनुसार आफ्नो स्वरले साथ दिएकाले पनि दर्जन गीतमा संगीत भर्दा एकमा उनी आफै स्वर दिन्छन् ।

om1

Om Sunar

यस्तै, यसपटक आफैले गाएको ‘सुन न मनको कुरा’ बोलको गीत तथा भिडियो सार्वजनिक गरेका छन् । करिब एक दर्जन चलचित्रमा संगीत र तथा स्वर दिइसकेका पछिल्लो यो गीत सार्वजनिक गरेपछि ओमले भने, ‘दामका लागि संगीत गर्छु भने नामका लागि गाउँछु ।’ संगीत सिर्जनालाई ‘पर्दा पछाडि’ को काम हो भन्ने उनको बुझाइ छ । हुन न एउटैमात्र गीत हिट भयो भने त्यसैको भरमा गायक÷गायिकाहरु देश–विदेश सयर गर्ने अवसर पाउँछन् । तर, संगीतकार ओझेलमै हुन्छ । यो कुरा राम्ररी मनन गरेका ओम संगीत क्षेत्रबाट एकसाथ नाम र दाम कमाउन चाहन्छन् । त्यसैले उनले केही म्युजिक भिडियोमा समेत मोडलिङ गरेका छन् ।
यसपटक भने उनले अरुलाई मोडलिङ गराएका छन् । तर, आफ्नो गीतमार्फत उनले आफ्नो मनको कुरा दर्शक तथा श्रोतालाई सेयर गर्ने प्रयत्न गरेका छन् । यस गीतबाट उनी पर्दामै आउन चाहेको भन्ने बुझ्न कुनै गाह्रो छैन ।
यो सार्वजनिक गीत एल्बम ‘सुगन्ध–३’ को हो । मनिष खड्काको शब्दरचना रहेको ‘सुन न मनको कुरा’ को यस भिडियोलाई दिनेश पौडेलले निर्देशन गरेका हुन् । यस भिडियोमा चन्दु र अस्मिताले मोडलिङ गरेका छन् । पाश्र्वगायनमा समेत चम्किँदै गरेका ओमको यस गीतको भिडियो हेर्दा कुनै चलचित्रको गीत हेरिरहेको जस्ता आभाष हुन्छ अर्थात् यो भिडियो फिल्मी गीतको शैलीमा खिचिएको छ । यस भिडियोलाई रामेश्वर हुमागाइँले खिचेका हुन् । यस पछिल्लो आफ्नो गीत तथा भिडियोबाट ओम निकै आशावादी छन् । उनले ठट्टा गर्दै भने, ‘यो गीत हिट बनाएर देश–विदेश खाने सोच छ ।’

https://www.youtube.com/watch?v=cdcxtzX6ZXM&feature=youtu.be

Comments