‘काली काली’ केकी (भिडियो)
screennepal
प्रकाशित: २०७३, ३० कार्तिक मंगलवार
no img

काठमाडौं, ३० कार्तिक । अभिनेत्री केकी अधिकारी ‘काली काली’ रुपमा देखिएकी छन् । गायक बिजय रुम्बाको नयाँ गीत ‘काली काली’ बोलको भिडियोमा केकीसँगै आकाश राई देखिएका छन् । लोक पपशैलीको यस गीतलाई गायक रुम्बाले नै लेखेका हुन् भने संगीत पनि आफैले दिएका हुन् ।
अनिल मानन्धरले छायांकन रहेको यस भिडियोलाई सिलन लम्सालले सम्पादन गरेका हुन् । भिडियोमा केकी गाउँले युवतीका भूमिकामा छिन् । यस भिडियोलाई विकास सवेदीले निर्देशन गरेका हुन् ।

Comments