‘म त माया नफापेको मान्छे’ भन्दै विहे !
screennepal
प्रकाशित: २०७३, ३० कार्तिक मंगलवार
no img

काठमाडौं, ३० कार्तिक । अभिनेत्री अनामिका चौलागाईं विवाह बन्धन बाँधिइन् । केही चलचित्रमा अभिनय गरेकी चौलागाईंले म्यूजिक भिडियोमा पनि आफूलाई सक्रिय गराउँदै आएकी छन् । तर चलचित्र होस् या गीतसंगीत क्षेत्रमै होस् कसैलाई थाहै नपाई उनको बिहे हुँदा नौला लाग्ला । अनामिकाको बिहे मण्डिखाटारस्थित फ्रेस फार्म नजिकैको मन्दिरमा भएको हो ।

ma-ta-nafapeko-manchhe_-anamika_shantipriya-1
हो, उनी विवाह बन्धनमा बाँधिइन् तर वास्तविकतामा रुपमा भने होइन । म्यूजिक भिडियोमा अभिनय गर्ने क्रममा माधव पौड्यालसँग उनले बिहेको गरेकी हुन् । चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियको लेखन रहेको म त माया नफापेको मान्छे बोलको गीतको म्यूजिक भिडियोमा बिहेको नाटक रचिएको हो । भिडियोमा अनामिका चौलागाई, माधव पौड्याल, निशा थापा, सुमन खतिवडाको अभिनय रहेको छ भने नेपालकी पहिलो महिला छायाँकार सवनम मुखियाको निर्देशन रहेको छ । म्यूजिक भिडियोमा सवनमको यो डेब्यू निर्देशन हो ।
गायिका अन्जना गुरुङको स्वरमा रहेको उक्त गीतमा संगीतकार सन्तोष श्रेष्ठले संगीत दिएका छन् । सुदीप सागरको संगीत संयोजन रहेको उक्त गीतलाई भोला पौड्यालले मिक्सिङ गरेका हुन् । मायाप्रेमको कथाभित्र अविश्वासको भावनालाई गीतभित्र प्रस्तुत गरिएको छ ।
भिडियोको कोरियोग्राफ भने राजीव बलामीले गरेका छन् भने सहनिर्देशनमा शान्त बहादुर तामाङ रहेको छन् । बाबुराम नेपालीको छायाँकन रहेको उक्त म्यूजिक भिडियोको सम्पादन अरुण शर्माले गर्नेछन् । विष्णु ठकुरी, विशाल प्रजापति, भरत नेपालको प्रकाश रहेको भिडियोमा विना पाण्डे र कृति बरालको श्रृंगार रहेको थियो । भिडियो मण्डिखाटारस्थित फ्रेस फार्म रिसोर्टको वरिपरि खिचिएको हो ।

Comments