भारतको असममा शशी–बसन्तलाई सम्मान
screennepal
प्रकाशित: २०७३, २८ कार्तिक आईतवार
no img

काठमाडौं, २८ कार्तिक । भारतको पूर्वोत्तर राज्य असममा कवि तथा प्राज्ञ शशी लुमुम्बू र सङ्गीतकार वसन्त मुकारुङ सम्मानित भएका छन् । भारत वर्षका प्रख्यात कवि, गायक तथा सङ्गीतकार भूपेन हजारिकाको छैटौँ स्मृति दिवसका अवसरमा उनकै जन्मथलो डिबु्रगढमा श्रुति शिल्पी समाज, असमले आयोजना गरेको भूपेन स्मृति दिवसका अवसरमा शशी–वसन्तलाई सम्मानित गरिएको हो ।

asamma-samman
असमका विभूति मानिने स्व. हजारिकाको सिर्जनालाई नेपालका साथै विश्वभरका नेपाली समुदायबीच प्रवद्र्धन गर्नुका साथै नेपाल र असमबीचको साहित्यिक, साँस्कृतिक एवं सामाजिक सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण योगदान पु¥याएबात स्रष्टाद्वयलाई सम्मानित गरिएको असमका प्रसिद्ध जनगायक लोहित गोगोइले बताए ।
नेपाली वाङ्मय परिषद्का अध्यक्ष समेत रहेका उनको संस्था र वसन्त अध्यक्ष रहेको संगीत मञ्च, नेपालले यसअघि असमिया स्रष्टा तथा सर्जकहरूलाई नेपाल आमन्त्रण गरी दुई पक्षीय साहित्यिक–साँस्कृतिक विमर्श कार्यक्रमको आयोजना गरिसकेको छ भने केही महिनापछि राजधानीमा पुनः असमका स्रष्टाहरूको एक टोलीलाई आमन्त्रण गर्न लागेको सम्मान ग्रहण गरी असमबाट फर्किएका शशीले बताए ।

Comments