आरजु भइन् ‘नेपाल्स लिटिल आइकन–२०१६’
screennepal
प्रकाशित: २०७३, २८ कार्तिक आईतवार
no img

काठमाडौं, २८ कार्तिक । ‘नेपाल्स लिटिल आइकन–२०१६’ को आरजु बस्नेतले जितेकी छन् । ८ देखि १२ वर्ष उमेर समूहका बालिकाबीच भएको स्पर्धामा आरजुले वेष्ट स्पीचसहित शीर्ष ताज चुमेकी हुन् ।

teen-girls
एएनपी मिडिया हाउसद्धारा शनिबार राजधानीमा सम्पन्न प्रतियोगिता पहिलोपटक फेसबुकबाट समेत लाईभ गरिएकोमा विश्वभरबाट एकैदिन २५ हजारजनाले अवलोक गरेका थिए । त्यस्तै, १३ वर्षदेखि १५ वर्षसम्मका किशोरीबिचको स्पर्धामा कृपा घिमिरे भिवर्स च्वाईसका साथ विजयी भएकी छन् भने यही समूहको किशोरबिचको स्पर्धामा विकीन नेपाल मस्ट पपुलर र वेष्ट आर्टवर्कका साथ विजयी भएका छन् ।

kids-girlsteen-boys
किड्स र टिन गरी दुई समूहमा विभाजित स्पर्धाअन्र्गत ८ देखि १२ वर्ष उमेर समूहका बालिकाबिचको प्रतियोगितामा सामना सापकोटा फस्ट रनर्सअपका साथ बेष्ट डान्स र मीस फेसन आइकन, प्रजिना घिमिरे सेकन्ड रनर्सअपका साथ मष्ट व्युटिफुल आइज र फेसबुक च्वाइस, रक्षिका सापकोटा थर्ड रनर्सअपका साथ मिस ट्यालेन्ट, रुस्ताना लामा फोर्थ रनर्सअपका साथ फोटोजेनिक, सुस्मीता गोले मस्ट पपुलर र मष्ट डिसिप्लेन, साङ्गे डोमा शेर्पा मिस क्याटवाक, आसिका गुरुङ्ग बेष्ट हेयर, स्नेहा सिह वेष्ट स्कीन, इसानी देवकोटा बेष्ट फर्सनालिटि, प्राप्ती चौधरी मष्ट चार्मीङ्ग, समृद्धि शाही ठकुरी वेष्ट आर्टवर्क, रेवीका गुरुङ्ग मष्ट फ्रेण्डली, आर्या अधिकारी बेष्ट कन्चुल्यारिटी, आइरिस बस्नेत मष्ट ब्युटिफुल, पाल्मु लामा क्युट बेबी अफ द इयर, जेसिका राई मष्ट कन्फीडेन्ट, निरजरा श्रेष्ठ मष्ट पंचुयल, रेवका गुरुङ्ग बेष्ट फिजिक र सुनिता वाइबा भिवर्स च्वाईस भएका छन्।
त्यसै गरी १३ देखि १५ वर्षसम्मका किशोरीहरुबिचको प्रतियोगितामा प्रतिष्ठा देवकोटा फस्ट रनर्सअपका साथ बेष्ट स्पीच, याशिमा गुरुङ्ग सेकन्ड रनर्सअपका साथ मष्ट ट्यालेन्ट, र मष्ट व्युटीफुल, सुभद्रा फुयाल थर्ड रनर्सपका साथ बेष्ट डान्स र वेष्ट स्कीन आर्या सिंह फोर्थ रनर्सअपका साथ फोटोजेनिक र मष्ट व्युटिफुल आइज, किसाङ्गी राजभण्डारी मष्ट पपुलर र बेष्ट सङ्ग, देवकी राई मिस क्याटवाक, अञ्जली तामाङ्ग बेष्ट हेयर, अम्बिका बर्देवा बेष्ट पर्सनालिटी, चुमो तामाङ्ग मष्ट चार्मीङ्ग, विकिता धिताल वेष्ट फिटनेश, प्रजिना गुरुङ्ग मष्ट फ्रेन्डली, प्ररणा तामाङ्ग मिस कन्जुल्यारीटी, आशिका तामाङ्ग मष्ट कन्फीडेन्ट, काजोल श्रेष्ठ मष्ट पँचुयल, अर्लीन गुरुङ्ग बेष्ट आर्टवर्क, दिप्ती ढकाल मष्ट डिसिप्लेन र मिस फेसन आइकन तथा विजेता प्रधान फेसबुक च्वाइस भएका छन्।
त्यस्तै १३ देखि १५ वर्षसम्मका किशोरहरुबिचको प्रतियोगितामा सौगात सापकोटा फस्ट रनर्सअपका साथ माष्टर ट्यालेन्ट, वेष्ट पर्सनालिटी, रिक्की रानामगरः सेकन्ड रनर्सअपका साथ मष्ट फोटोजेनिक, युनिस खतिवडा थर्ड रनर्सअपका साथ मास्टर ह्याण्डसम र मास्टर क्याटवक, दावा डुक्पा शेर्पा फोर्थ रनर्सअपका साथ मष्ट डिसिप्लेन र फेसबुक च्वाइस भएका थिए। अश्वीनी झाको कोरियोग्राफी र सञ्चालनमा सम्पन्न कार्यक्रममा प्यावसन ललितपुरका अध्यक्ष शिव कार्की, टेलिभिजन व्यवसायी सुमीत जङ्ग बहादुर राणा, सञ्चारकर्मीहरु सरोज प्याकुरेल, सुर्य चन्द र गिता अधिकारी निर्णायक रहेका थिए ।

Comments