के गर्दैछन् बेल्जियममा यी कलाकार ?
screennepal
प्रकाशित: २०७३, २७ कार्तिक शनिबार
no img

काठमाडौं, २७ कार्तिक । यतिखेर एक कलाकार टोली बेल्जियमको ब्रसेल्समा छन् । गैरआवासिय नेपाली संघ बेल्जियमको निम्तोमा एक च्यारिटी शोका लागि आधा दर्जन कलाकार केही दिनअघि बेल्जियम पुगेका हुन् । उक्त टोलीमा प्रथम नेपाली तारा दीपक लिम्बू, गायिका सहिमा श्रेष्ठ, मोडल तथा नृत्यांगना एञ्जल श्रेष्ठ, नायिका झरना रिसाललगायत रहेका छन् । उनीहरुले त्यहाँ च्यारिटीलगायत विभिन्न सांगीतिक कार्यक्रममा सहभागी जनाउनेछन् ।

jjj
कायक्रममा सहभागी जनाउन बेल्जियमा पुगेका सबै कलाकारले आ–आफ्नो स्थानमा ख्याति तथा चर्चा कमाइरहेका छन् । दीपक लिम्बु ‘प्रथम नेपाली तारा’ मात्र नभएर आधुनिक तथा पाश्र्वगायनमा पनि चर्चित छन् । सयौं गीतमा स्वर दिइसकेका दीपक युवापुस्ताका ढुकढुकी हुन् ।
त्यस्तै, सहिमा पनि आुधनिक र पाश्र्वगायनमा चम्किरहेकी गायिका हुन् भने एञ्जल र झरना पनि आफ्नो ठाउँमा चर्चित छन् । यी पछिल्लो समयमा युवा ढुकढुकी बनेका कलाकारहरुले बेल्जियममा पनि दर्शकको मन जित्ने अपेक्षा गरेका छन् । ‘सकेसम्म यहाँ रहेका नेपाली दर्शक तथा श्रोताको मन जित्ने प्रयास गर्नेछौ’ गायक दीपक लिम्बूले स्क्रीन नेपालसँग भने, ‘उहाँहरुको मन जित्नकै लागि हामी आएका हौं ।’ यी टोली करिब दुई सातापछि त्यहाँ रहने भएका छन् ।
Note : तस्बिर सहिमाको फेसबुकबाट लिइएको हो।

Comments