५० हजारसहित डा. बराललाई बिन्ध्यावसिनी सम्मान, ७ पत्रकार पनि
screennepal
प्रकाशित: २०७३, २७ कार्तिक शनिबार
no img

काठमाडौं, २७ कार्तिक । बरिष्ठ गीतकार तथा गजलकार डा. कृष्णहरी बराल यस वर्षको ‘विन्ध्यवासिनी गीत–संगीत सम्मान–२०७३’बाट सम्मानीत भएका छन् । नेपाली गीतसंगीत विकास र संगीतकर्मीको हितका लागि स्थापित विन्ध्यवासिनी फाउण्डेसन शुक्रबार राजधानीमा भव्य कार्यक्रम गरी गीतकार डा. बराललाई नगद ५० हजार एक रुपैयाँसहित सम्मान प्रदान गरेको हो । डा. बराललाई फाउण्डेसनकी अध्यक्ष लिना रेग्मीले सम्मान प्रदान गरेकी थिइन् ।

m4
‘विन्ध्यवासिनी सम्मान तथा संगीत साँझ–२०७३’ नाममा आयोजित कार्यक्रममा विभिन्न सञ्चार संस्थामा कार्यरत सात जना पत्रकारलाई नगदसहित सम्मान प्रदान गरिएको थियो । भव्य सांगीतिक कार्यक्रमबीच आयोजित ‘विन्ध्यवासिनी सम्मान तथा संगीत साँझ–२०७३’ मा ‘बिन्ध्यवासिनी गीत–संगीत पत्रकारिता सम्मान’ पत्रकार समीप्य तिमिल्सिना, सन्तोष भट्टराई, अशेष अधिकारी, अनुषा पौडेल, गीता अधिकारी, सुरज पौडेल र एमपी सुब्बालाई प्रदान गरिएको हो ।

m3
पत्रकारिता क्षेत्रमा रहेर नेपाली गीतसंगीतप्रति पु¥याएको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गरिएको फाउण्डेसनकी अध्यक्ष लिनाले बताइन् । उनले कार्यक्रममा बोल्दै बिन्ध्यवासिनी म्युजिक तथा फाउण्डेसनले आफ्नो स्थापनाकालदेखि नै नेपाली गीतसंगीतप्रति योगदान गर्नेहरुलाई सम्मान तथा पुरस्कृत गर्दै आएको बताइन् । ‘बिन्ध्यवासिनी फाउण्डेसन नेपाली गीतसंगीतकै श्रीबृद्धिमा थप टेवा पु-याउन स्थापना गरिएको हो’ अध्यक्ष लिनाले भनिन्, ‘आगामी दिनमा पनि नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याउन व्यक्तित्वलाई सम्मान र प्रतिभा भएकालाई पुरस्कृत गर्दै जानेछौं ।’

m
त्यस्तै, कार्यक्रममा दुवै मृगौलाले काम गर्न छोडी जीवनमरणको दोसाँधमा गुज्रिरहेका पशुपति म्युजिकका सञ्चालक तथा संगीत व्यवसायी शिव पौडेललाई मृगौला प्रत्यारोपणमा सहयोग पु¥याउने उद्देश्यले सहयोग स्वरूप ३ लाख १० हजार ६ सय ७ रुपियाँ प्रदान गरिएको छ । उक्त सहयोग फाउण्डेसनका आजीवन सदस्य र साधारण सदस्यका साथमा शुभेच्छुकहरुबाट प्राप्त १ लाख ५२ हजार ६ शय ७ रुपैयाँ र विन्ध्यवासिनी म्युजिक कम्पनीले १ लाख ५८ हजार रुपियाँ थप गरी ३ लाख १० हजार ६ शय ७ रुपियाँ संग्रहित गरिएको हो ।

m1
रामकृष्ण ढकाल, आनन्द कार्की, जुनु काफ्ले, रामचन्द्र काफ्ले, निशा देसार, कुलेन्द्र विश्वकर्मा, मञ्जु पौडेललगायतका विभिन्न ख्याति गायक÷गायिकाले कार्यक्रममा गीतसंगीत प्रस्तुत गरेका थिए ।

m2

कार्यक्रममा यस वर्षको ‘विन्ध्यवासिनी म्युजिक अवार्ड–२०७३’ उत्कृष्ट पाँचमा मनोनयनमा परेका कलाकर्मीलाई प्रमाणपत्र प्रदान गरिएको छ । कुल ३१ विधामा ‘विन्ध्यवासिनी म्युजिक अवार्ड’ आगामी २४ मंसिर २४ मा राजधानीको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा प्रदान गरिने विध्यबासिनी म्युजिकका निर्देशक सुवास रेग्मीले बताए ।

तस्बिर : सुनिल राजभण्डारी/स्क्रीन नेपाल

Comments