‘ति’ अक्षरका प्रिय यी गीतकार !
screennepal
प्रकाशित: २०७३, २४ कार्तिक बुधबार
no img

dd

काठमाडौं, २४ कार्तिक । ‘तिमीले बाटो फे-र्यौ अरे’ यसै गीतमार्फत गीतकारका रुपमा चिनिएका दर्पण राई हिजोआज नेपाली सांगीतिक क्षेत्रमा चर्चामा छन् । आफूलाई चिनाउने गीतको पहिलो अक्षर ‘त’ अर्थात् ‘ति’ भएपछि दर्पणले हिजोआज गीत लेख्दा ‘ति’ नै रोज्ने गरेका छन् । त्यसैले दर्पणलाई ‘ति’ अक्षरका प्रिय गीतकार भन्दा फरक नपर्ला ।

15045619_1286603351392014_187167514_n
छोटो समयमै थुपै्र गीत लेखिसकेका छन् उनले । जसमा अधिकांश गीतको पहिलो अक्षर उनले ‘ति’ नै चयन गरेका छन् । यस्तै, दर्पणले पछिल्लो समय एउटा गीत लखेका छन्, ‘तिम्रो हेराईले मार्यो नि मलाई’ । यो गीतको पहिलो अक्षर पनि ‘ति’ नै छ ।
मोडल तथा म्युजिक भिडियो निर्देशक समेत रहेका दर्पणको पछिल्लो गीत ‘तिम्रो हेराईले मार्यो नि मलाई’ लाई प्रकृति थलङले स्वर दिएका छन् । महेन्द्र राईको संगीत र टेकेन्द्र याक्सोको एरेञ्ज रहेको ‘तिम्रो हेराईले मार्यो नि मलाई’लाई केही दिनअघि रेकर्डिङ गरिएको हो । यो गीत रेकर्डिङकै क्रममा दर्पणले भने ‘तिमीलाई मन पराउनु मेरो गल्ती हैन’ गीतको म्युजिक भिडियो छिट्टै आउँदैछ । यो उनको अघिल्लो गीत हो ।जसमा राजेशपायल राईले स्वर दिएका छन् ।

Comments