‘सिन्ड्रेला नेपाल–२०१६’ मा आवेदन खुल्यो
screennepal
प्रकाशित: २०७३, २३ कार्तिक मंगलवार
no img

काठमाडौं, २३ कार्तिक । स–साना बालिकाहरुलाई लक्षित गर्दै ‘प्यासिफिक इभेन्ट एण्ड मेनेजमेन्टले ‘सिन्ड्रेला नेपाल–२०१६’ नामक प्रतियोगिता गर्ने भएको छ । प्रतियोगितामा ९ देखि १३ वर्षका बालिकाले सहभागी जनाउन पाउनेछन् । पहिलोपटक हुन लागेको यस प्रतियोगिताका लागि आवेदन खुला गरिएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार आवेदन शुल्क पाँच सय रुपैयाँ रहेको छ । अहिले धमाधम आवेदन लिने कार्य भइरहेको छ । पहिलो अडिसनबाट छनोट भएका प्रतियोगीले तालिम तथा सुविधाहरुका लागि तीन हजार पाँच सय रुपैयाँ बुझाउनु पर्नेछ ।

mm-copy
स्कुल पढिरहेका बालिकाहरुको प्रतिभा तथा कलाको प्रस्फुटन तथा आत्मविकास र क्षमताबृद्धिमा सहयोग पु¥याउने उद्देश्यले प्रतियोगिताको सुरुवात गरेको आयोजक संस्थाका अध्यक्ष फुपु तेन्जिङ शेर्पाले बताए । प्रतियोगिताको अन्तिम स्पर्धा आगामी १६ पुसमा राजधानीमा हुनेछ ।

Comments