मुस्कान भइन् सातौं ‘चाईल्ड आईकन’
screennepal
प्रकाशित: २०७३, २३ कार्तिक मंगलवार
no img

काठमाडौैं, २३ कार्तिक । ‘सातौं चाईल्ड आईकन–२०१६’को उपाधि मुस्कान बैद्य र मुस्कान जोशीले जितेका छन् । मिडिया ल्याण्डद्धारा काठमाडौंमा आयोजित सो प्रतियोगितामा आफ्ना ५३ प्रतिस्पर्धीलाई पछि पार्दै ‘सिनियर चाईल्ड आईकन’को उपाधि लिटिल एञ्जल कक्षा ८ की विधार्थी मुस्कान बैद्यले जितेकी हुन् । यस्तै ‘जुनियर चाईल्ड आईकन’को उपाधि ३९ जना प्रतियोगीलाई पछि पार्दै डिएभी स्कुलकी कक्षा चारकी विधार्थी मुस्कान जोशीले प्राप्त गरिन् ।

child-icon-junior-3
दुबै बिजेताले यसै वर्ष टर्कीमा हुने ‘लिटल मिस एन्ड मास्टर युनिभर्स–२०१७’ र बुल्गेरियामा हुने ‘चिल्ड्रेन अफ द युनिभर्स–२०१७’मा नेपालको तर्फबाट भाग लिने आयोजक सँस्था मिडिया ल्याण्डकी अध्यक्ष प्रतिमा श्रेष्ठले जानकारी गराईन् ।
यस्तै सिनियर चाईल्ड आईकन तर्फ फस्ट रनरअपको उपाधि रुपीज इन्टरनेशनलकी पेमा याङचेनले, सेकन्डर रनर अपको उपाधि रुपिजकै हिमान्सु अर्यालले हाँसिल गरे ।
यस्तै जुनियर चाइल्ड आईकन तर्फ फस्ट रनरअपको उपाधि सेन्टजेभियर्सका मोहित महर्जनले, सेकन्ड रनर अपको उपाधि पनि सेन्ट जेभियर्स स्कुलबाटै तनया कोईरालले जितिन् ।
यी दुबै प्रतियोगितामा भिएस एञ्जल्स् वल्ड्, ब्राईट फ्युचर, क्याम्पियन स्कुल, मोडर्न इन्डियन, जोन डुवे, न्यु मिलिनियम, ओलम्पिया, मेरिगोल्ड, नोवल एकेडेमी, रातो बँगला, रेडिन्ट रिडर्स एकेडेमी, सरस्वती बोर्डिङ स्कुल, प्रज्ञा इङ्लिस बोर्डिङ स्कुल, सेन्ट मेरिज र बिजेश्वरी सैनिक स्कुलका विधार्थीले भाग लिएका थिए । काठमाडौंको राष्ट्रिय नाचघरमा भएको दुबै प्रतियोगिताको कोरियोग्राफी गायिका प्रशंसा श्रेष्ठले गरेकी हुन् ।

Comments