एकादेशमा लघु चलचित्र महोत्सव राजधानीमा
screennepal
प्रकाशित: २०७३, २३ कार्तिक मंगलवार
no img

काठमाडौं, २३ कार्तिक । ‘एकादेशमा अन्तराष्ट्रिय लघु चलचित्र महोत्सव–२०७३’ यही २६, २७ र २८ गते देखि राजधानीमा हुने भएको छ । कुमारी सिनेमा हलमा हुने महोत्सवमा संसारभरका ३० मिनेटभन्दा कम समयका ७८ वटा लघुचलचित्रले सहभागिता जनाउँदैछन् । लघुसिनेमाहरुको विश्लेषण, प्रदर्शनी, र अन्तक्रिया गर्ने उद्देश्यले आयोजित यो महोत्सवको चौथो संस्करण हो ।

img_0411

महोत्सवमा विश्वभरका चलचित्रहरूका प्रदर्शनीका साथसाथै सिनेमाकर्मीसँग अन्तक्रिया हुने आयोजकले जनाएको छ । यो महोत्सव २०६९ सालमा पहिलोपटक सुरु भएको हो । यस महोत्सवमा ठूलो पर्दामा लघुचलचित्रको नयाँ उर्जाको अनुभव गर्न सबैलाई निमन्त्रणा गरिएको बताइएको छ ।

Comments