यस वर्षको ‘विन्ध्यवासिनी सम्मान तथा पुरस्कार’ घोषणा
screennepal
प्रकाशित: २०७३, २१ कार्तिक आईतवार
no img

काठमाडौं, २१ कार्तिक । गीतसंगीत क्षेत्रको विकास र संगीतकर्मीको हितका लागि स्थापना भएको विन्ध्यवासिनी फाउण्डेसनले  यसपाली पनि ‘विन्ध्यवासिनी सम्मान’ तथा ‘संगीत साँझ’ गर्दैछ ।
२६ कात्र्तिकमा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा भव्य समारोहबिच हुने कार्यक्रममा यस वर्ष एक स्रष्टालाई संगीतकर्मी सम्मान तथा ७ जना पत्रकारलाई संगीत पत्रकारिता सम्मान प्रदान गरिने जनाइएको छ । फाउण्डेसनकी अध्यक्ष लीना शर्मा रेग्मीका अनुसार यस वर्षको ‘विन्ध्यवासिनी संगीतकर्मी सम्मान–२०७३’ बाट बरिष्ठ गीतकार डा. कृष्णहरी बराललाई सम्मानित गरिने भएको छ ।

new-image

गीतकार डा. बरालले गीत रचनामार्पmत सांगीतिक क्षेत्रको श्रीबृद्धिका लागि पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै ५० हजार १ रुपियाँसहित सम्मान अर्पण गरिने अध्यक्ष रेग्मीले जानकारी जजनाइन् । डा. बराललाई एमआई मोबाइलका तर्पmबाट ५० हजार १ रुपियाँ प्रदान गर्न लागिएको हो ।
सोही अवसरमा पत्रकारितामार्पmत संगीत क्षेत्रको विकास र उन्नतिका लागि योगदान पु¥याउने पत्रकारहरुलाई सम्मान गरिने फाउण्डेसनका सदस्य सुवास रेग्मीले बताएका छन् । यस वर्ष जनही नगद ५ हजार रुपियाँसहित पत्रकारहरु सामिप्य तिमलसेना, सन्तोष भट्टराई, अशेष अधिकारी, अनुषा पौडेल, गीता अधिकारी, सुरज पौडेल र एमपी सुब्बालाई विन्ध्यवासिनी संगीत पत्रकारिता पुरस्कार प्रदान गरिनेछ ।
सांगीतिक क्षेत्रका हस्तीबिच हुने कार्यक्रममा दुवै मृगौलाले काम गर्न छोडी जीवन मरणको दोसाँधमा गुज्रिरहेका पशुपति म्युजिकका सञ्चालक तथा संगीत व्यवसायी शिव पौडेललाई मृगौला प्रत्यारोपणमा सहयो पु¥याउने उद्देश्यले उपचार सहयोग रकम उपलब्ध गराइने भएको छ ।

samipya

फाउण्डेसनका आजीवन सदस्य र साधारण सदस्यका साथमा शुभेच्छुकहरुबाट प्राप्त १ लाख ५२ हजार ६ शय ७ रुपियाँमा विन्ध्यवासिनी म्युजिक कम्पनीले १ लाख ५८ हजार रुपियाँ थप गरी ३ लाख १० हजार ६ शय ७ रुपियाँ उहाँको उपचारका लागि हस्तानतरण गर्न लागिएको हो‘’ विन्ध्यवासिनी म्युजिक कम्पनीका प्रवन्ध निर्देशकसमेत रहनु भएका रेग्मीले जानकारी गराउनु भयो। फाउण्डेसनले यसअघि २०७० सालमा पहिलो कार्यक्रमस्वरुप सत्य स्वरुपराज आचार्य एकल साँझ आयोजना गरी भक्तराज संगीत प्रतिष्ठानलाई १५ लाख रुपियाँ सहयोग उपलब्ध गराएको थियो भने २०७१ सालमा विमल डांगी एकल साँझ आयोजना गरी डोल्पा र स्याङजाका ४ विपन्न तथा अहसाय बालबालिकालाई अध्ययनमा सहयोग पु¥याँदै आएको छ।
आगामी मंसिर २४ गते शुक्रबार राजधानीको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजना हुने सातौं संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्ड २०७३ को कुल ३१ विधाको मनोनयनमा पर्ने संगीतकर्मीहरुलाई प्रमाणपत्रसमेत प्रदान गरिने कार्यक्रममा विभिन्न ख्यातिप्राप्त गायक गायिकाले गीत संगीत प्रस्तुत गर्नेछन् ।

Comments