आशिषको अष्ट्रेलियाबाटै ‘ज्यान हाजिर छ’ (भिडियो)
screennepal
प्रकाशित: २०७३, २० कार्तिक शनिबार
no img

काठमाडौं, २० कार्तिक । गायक आशिष श्रेष्ठको आवाजमा ‘ज्यान हाजिर छ’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । अष्ट्रेलिया रहेर नेपाली गीतसंगीतलाई माया गर्ने श्रेष्ठको उक्त गीत छोटो समयमै दर्शकश्रोता रुचाएका छन् । डा. कृष्णहरि बरालको शब्द तथा हरि लम्सालको संगीत रहेको यस गीतलाई अष्ट्रेलियामै रेकर्ड गरिएको हो ।
युट्युबमार्फत सार्वजनिक भिडियोले निकै राम्रो दर्शकको साथ पाएको छ । म्युजिक भिडियोलाई अहिलेका व्यस्त निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् भने भिडियोमा नायिका वर्षा सिवाकोटी र जीवनको जीवन्त अभिनय देख्न सकिन्छ । भिडियोमा सम्पादन निशान घिमिरे, छायांकन अर्जुन तिवारी तथा सगुन लामा र कोरियोग्राफी राजीव समरको रहेको छ ।

Comments