अशोकप्यासीलाई ‘चलचित्र पत्रकारिता सम्मान’
screennepal
प्रकाशित: २०७३, २० कार्तिक शनिबार
no img

काठमाडौं, २० कार्तिक । चलचित्र कलाकार संघले यस वर्षको चलचित्र पत्रकारिता सम्मान अन्नपूर्णकर्मी अशोकप्यासी राईलाई प्रदान गर्ने भएको छ । राजधानीमा शुक्रबार बसेको संघको कार्यसमिती बैठकले यस्तो निर्णय गरेको संघका अध्यक्ष रामकेशर बोगटीले जानकारी दिएका छन ।
उनका अनुसार रंग पत्रकार प्रकाश सुबेदी र विष्णु सुवेदीलाई पनि सो सम्मान प्रदान गरिने भएको छ । डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा त्रियाशिल राई हाल अन्नपूर्ण पोस्टमा बरिष्ठ उपसम्पादकका रुपमा कार्यरत छन् ।

ashok-p-rai-3

अशोकप्यासी राई

संघले यसवर्षको ‘चलचित्र कलाकार संघ राष्ट्रिय पुरस्कार’ बरिष्ठ अभिनेत्री लक्ष्मी गिरी र ‘चलचित्र कलाकार संघ शान्ति मास्के पुरस्कार’ बरिष्ठ अभिनेता पुरन जोशीलाई प्रदान गर्ने निर्णय गरेको छ । ‘चलचित्र कलाकार संघ सेवा सम्मान’ भने सानुकुमार ताम्राकार र सुनिल कटुवालले प्राप्त गर्दै छन । त्यसैगरी हास्यअभिनेता सिताराम कट्टेल, हास्यअभिनेत्री कुञ्जना घिमिरे र निर्देशक सौगात विष्टलाई ‘चलचित्र कलाकार संघ विशेष सम्मान’ प्रदान गर्ने भएको छ । संघका अध्यक्ष बोगटीले दिएको जानकारी अनुसार नवप्रतिभा पुरस्कारबाट वर्षा राउत पुरस्कृत हुने भएकी छन् । सम्मान तथा पुरस्कार मंसिर अन्तिम साता राजधानीमा हुने संघको साधारण सभामा प्रदान गरिने भएको छ ।

Comments