काठमाडौं, १७ कार्तिक । रंगमञ्चका कलाकार आना देउजा र मनिष निरौला म्युजिक भिडियोमा हाम्फालेका छन् । यी दुईलाई फोटो पत्रकार तथा निर्देशक नबिनबाबु गुरुङले म्युजिक भिडियो ल्याएका हुन् ।
नाट्य क्षेत्रमा राम्रो छाप छाडी सकेका कलाकारद्वय आना र मनिषले गायिका सानु महर्जनको गीतको भिडियोमा अभिनय गरेका हुन् ।
यति धेरै कलाकारमा आना देउजा र मनिष निरौलालाई नै किन? निर्देशक नबिन भन्छन्, ‘गीत र भिडियोको कन्सेप्टले नै उनीहरु जस्ता कलाकार मागेकाले आना र मनिषलाई राखेको हुँ ।’
आफ्नै शब्द संगीतमा तयार यस गीतको म्युजिक भिडियो राम्रो बन्ने विश्वास उनले लिएकी छिन् । यस्तै राम्रा निर्देशक अनि अत्यन्तै राम्रो मन भएको मान्छे नबिनबाबु गुरुङले आफुलाई म्युजिक भिडियोमा लिने भन्दा आफुले आँखा चिम्लेर अरु काम छोडेर म्युजिक नबिनसँग काम गरेको आनाले बताइन् ।
स्ट्रिटनेपालको निर्माणमा बनेको यस म्युजिक भिडियोलाई तिहारलगतै सार्वजनिक गरिने निर्देशक नबिनले बताए ।