काठमाडौं, १३ कार्तिक (एजेन्सी) । बोब डिलनले साहित्यका लागि दिएको नोबेल पुरस्कार अन्ततः स्वीकारेका छन् । यतिमात्र नभएर उनले पुरस्कारबारे मुख समेत खोलेका छन् । नोबेल पुरस्कार स्वीकार्दै उनले भने, ‘यस अवार्ड घोषणापछि पाएको सम्मानबारे आफूले बोल्ने कुनै शब्द नै छैन ।’
अमेरिकी गायक तथा गीतकारसमेत रहेका डिलनलाई १३ अक्टूबरमा यो अवार्ड दिने घोष्णा गरिएको थियो । त्यसको करिब दुई सातापछि उनले एकेडमीलाई फोनमा कुराकानी गर्दै भने, ‘के म अवार्ड स्वीकार गरुँ ? निसंदेह म गर्छु ।’ डिलनले अवार्ड आयोजक एकेडमीकी स्थायी सचिव सारा डैनियससँग भने, ‘नोबेल अवार्डको खबर सुनेर म अवाक् भएको थिए । म यस अवार्डको धेरै नै सम्मान गर्छु ।’ डिलनले यो अवार्ड पाएकामा आफूलाई भाग्यमानी ठानेको समेत बताए ।
अवार्ड घोषणापछि एकेडमीले बारम्बार फोन गर्दा समेत उनले केही बताएका थिएनन् । न उनले कुनै सार्वजनिक अभिव्यक्ति नै दिएका थिए । एकेडेमीका अनुसार अवार्ड लिन आउन नआउने भन्नेमा भने कुनै निर्णय गरेका छैनन् । त्यसैले डिलन यस अवार्डका लागि स्टोकहोम जान्छन् वा जाँदैनन्, त्यो अहिले भन्न सकिने अवस्था छैन । स्वीेडनका राजा कार्ल सोलहवें गुस्ताफलगायत नोबेल अवार्डका लागि चयन भएका सबै विजेतालाई यही १० डिसेम्बरमा पुरस्कार दिइँदैछ ।