प्रशिक्षणमा जुटे ‘नेशनल एक्टिङ’ प्रतियोगी
screennepal
प्रकाशित: २०७३, ८ कार्तिक सोमबार
no img

काठमाडौं, ८ कार्तिक  । ‘नेशनल एक्टिङ कम्पिडिसन–२०१६’का अन्तिम स्पर्धी प्रशिक्षणमा व्यस्त छन् । पहिलो र दोस्रो चरणको अडिसनमार्फत देशभरबाट छानिएका ५० प्रतियोगी यतिखेर इन्टरनेशनल क्लब सानेपामा प्रशिक्षण गरिरहेका छन् ।

1-3

प्रशिक्षणमार्फत प्रतियोगीका कला निखार्ने काम भने कलाकार अनुप बराल, दिया मास्के, बिक्रम परियार, देव न्यौपानेलगायतले गरिरहेका छन् । अभिनय, नृत्य, संगीत, गायन, ब्यक्तित्वविकाश, फेसन ओरिन्टेसन, सेल्फ मेकअफलगायत बिषयमा उनीहरुलाई प्रशिक्ष्ण दिइरहेको आयोजक नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।

३५ दिनको प्रशिक्षण् पछि प्रतियोगीहरु अन्तिम स्पर्धामा उत्रिनेछन् । अन्तिम स्पर्धामा टप २०, टप १०, टप ५ हुँदै उत्कृष्ट एक अर्थात बिजेता छानिने जनाइएको छ ।

Comments