काठमाडौं, ७ कार्तिक । एक समयको चर्चित गीत ‘गोगन पानीमा’ अब नयाँ भर्सनमा सुन्न पाइने भएको छ । अम्बर विरही गुरुङको शब्द, लय र स्वरमा रहेको यस गीतलाई गायक गणेश गुरुङ र गायिका प्रिया श्रेष्ठले फेरि पानी भरेका हुन् ।
मौलिकता बोकेका लोकदोहोरीको खडेरी भइरहेकै बेलामा आएको यस गीतले पुनः पहिलाको झल्को मेटाउने र नयाँपन दिने अपेक्षा गरिएको छ । हमाल म्यूजिकले बजारमा ल्याएको यस गीतले मायाप्रेमभित्रको कौतुहलतालाई गहिराइमा पु¥याएको छ ।
लोकगीत प्रेमीहरुको मुखमुखमा कुनैबेला यसले राम्रो छाप छोड्न सफल भएको थियो भने अहिले पनि यसको बजार उत्तिकै सफल हुनेमा गायक गुरुङ ढुक्क छन् । म त हजुर गोर्खाली ठिटो कसैसित बोल्दिनँ नमिठो म पनि त लमजुङ्गे चेली पूर्णिमाको जुनजस्तै उजेली गोगन पानीमा के के हुन्छ थाहा छैन । जिन्दगानीमा गोर्खा र लमजुङको आत्मीयतालाई मौलिकतामा गाँसेर मायाप्रेमभित्र रमाउन खोजिएको गोगन पानीमा बोलको गीतले सरलतापूर्वक ग्रामीण भेगको मौलिक संस्कृतिलाई पस्केको छ ।
केटा र केटीबीचको रुपरङ्गभित्र रहेर मौलिकतको मायाप्रेमलाई लोकलयमा ढालिएको गीत हो गोगन पानीमा । यस गीतले गायक गणेश गुरुङ र गायिका प्रिया श्रेष्ठलाई लोकदोहोरीको क्षेत्रमा उचाइ प्रदान गर्ने देखिन्छ । यस गीतको म्यूजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । गाउँकै परिवेशलाई झल्काउँदै भट्टले भिडियो निर्माण गरेका छन् । करण चैंसिरको छायाँकन रहेको यस गीतको म्यूजिक भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् । गीतमा खेम गुरुङ र आरुसी अस्लामीले अभिनय गरेका छन् ।