रशु भइन् ‘कलेज क्वीन नेपाल’
screennepal
प्रकाशित: २०७३, ४ कार्तिक बिहीबार
no img

_mgl3179

काठमाडौं, ४ कार्तिक । ‘कलेज क्वीन नेपाल–२०१६’ को ताज रशु शाक्यले आफ्नो पोल्टामा पारेकी छन् । आरके इन्टरटेन्मेन्ट ग्रुपद्वारा राजधानीमा आयोजित प्रतियोगितामा आफ्ना १७ स्पर्धीलाई पछि पार्दै रशुले ताज पोल्टामा पारेकी हुन् । आयोजकका अनुसार रशुले ताजसहित नगद ५० हजार र बिबिए अध्ययनका लागि फूल स्कलरशीप पाएकी छन् । पाटनकी रशु हाल डिएभी कलेजमा अध्ययनरत छिन् ।

_mgl3417
त्यस्तै, कार्यक्रममा कोलिश कलेजमा अध्ययनरत सबिना गुरुङ फस्ट रनरअप तथा क्वीन एजुकेशनल एम्बासडर अफ नेपाल घोषित भएकी छन् भने सिद्धी गणेशमा अध्ययनरत बिनिता गुरुङ सेकेन्ड रनरअप तथा ‘कलेज क्वीन आइकन नेपाल’ बनेकी छन् । आरके इन्टरटेनमेन्टले सुरुबाटै एजुकेशनल ब्यूटी प्याजेन्टलाई आधार बनाउंदै आएको छ ।

_mgl3155
प्रतियोगितामा पब्लिक च्वाइस अपना गिरी, बेस्ट ड्रेस प्रीति प्रधान, र निकिस्ता हमाल बेस्ट स्माइल भए भने करिना कक्षपति बेस्ट क्याट्वाक, अश्मी लामा बेस्ट हेअर, अश्मिता क्षेत्री बेस्ट ट्यालेन्ट, यमुना बुढामगर बेस्ट डिसिप्लेन, सुष्मिता कार्की बेस्ट फोटोजेनिक, अल्बिना सिंह बेस्ट स्पोन्टेनीसिअस, कोपिला तामाङ बेस्ट ब्युटी, अलिशा सिंह बेस्ट पर्सनालिटी, कविता लामा बेस्ट स्किन, बिनु श्रेष्ठ मिस फ्रेन्डशिप र आरजु कुँवरले बेस्ट गर्जियसको सव टाइटल पाएका छन् । यस प्रतियोगिताका लागि कोरियोग्राफर आरजे अञ्जली शाक्य, संचारकर्मी एवं गीतकार भारत बम्जन, पत्रकार आरडी शृंखला, पर्यटन व्यवसायी किशन सिंह, हिसानका सचिव रामहरी सिलवाल र कोरियोग्राफर अश्विनी झा निर्णायक थिए ।

Comments