…जब मेख्ली र तागाबामय बन्यो दमक बजार ! (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७३, ३ कार्तिक बुधबार
no img

काठमाडौं, ३ कार्तिक । झापाको दमक सोमबार लिम्बू संस्कृति र भेषभूषाले रंगीयो । चिटिक्क सजाइएको स्टेजमा लिम्बू समुदायका कलाकारहरु लिम्बू भेषभूषामा प्रस्तुत हुँदा कार्यक्रममा सहभागी सयौले तालीले स्वागत गरे ।

fashion-show-10
कार्यक्रममा कलाकारहरु सृष्टिकालदेखि वर्तमानसम्मका लिम्बू समुदायका भेषभूषा र गर–गहनामा प्रस्तुत भएका थिए । लिम्बू विद्यार्थी मञ्चको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन अवसरमा प्रस्तुत भएका कलाकारले द हाइल्याण्ड आर्ट तथा कल्पना ढाका बुटिकले तयार गरेका ढाका एवं खाँढीबाट तयार गरिएका पहिरनमा सजिएर स्टेजमा -याम्प नापेका थिए ।

fashion-show-9
पूर्वमिस नेपाल सुविन लिम्बूको कोरियोग्राफी गरेको यस ऐतिहासिक फेसन होमा दर्जनौ कलाकारहरु मयुङ्ना–खेयोङ्नादेखि वर्तमान परिेवेशमा चलिरहेको मेख्ली, तागाबाजस्ता परमपरागत लिम्बू परिहनमा प्रस्तुत हुँदा दर्शकदीर्घा तथा उपस्थित अतिथिगण हेरको हेरै भएका थिए ।

fashion-show-8
द हाइल्याण्ड आर्ट तथा कल्पना ढाका बुटिककी प्रोपाइटर एवं फेसन डिजाइनर कल्पना योङ्हाङका अनुसार लिम्बू जातीको परिहन र पहिचानको प्रवद्र्धन तथा सम्वद्र्धन गर्न उक्त फेसन शो गरिएको हो । साथै, यस्ता फेसन शोले ढाका कपडा र पहिरनको पनि प्रवद्र्धन हुने कल्पनाको विश्वास छ ।

fashion-show-7
राजधानीमा समेत ढाका पहिरनबारे विभिन्न फेसन शोहरु गर्दै आएकी कल्पनाले भनिन्, ‘लिम्बू समुदाय आफैमा कला, संस्कृति र भेषभूषाको धनी छ । तर, पछिल्लो समय बढ्दो आधाुनिककरणले लिम्बू लिम्बू समुदायकको परम्परागत पहिरन र संस्कृति पनि ओझेलमा पर्दै गएकाले यसको जर्गेनाका लागि फेसन शो गरिएको हो ।’ सोमबार उद्घाटन भएको लिम्बू विद्यार्थी मञ्चको यो प्रथम अन्तर्राष्ट्रिय सम्मेलन भोलीसम्म चल्नेछ ।
fashion-show-6 fashion-show-4 fashion-show-3 fashion-show-2 fashion-show-1

Comments