यसरी अनिलाको ‘जीवनमा वहार छायो’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, ३० आश्विन आईतवार
no img

काठमाडौं, ३० असोज । ‘टलटल टल्कियो’ गीतको लोकप्रियतासँगै गायिका आनिला राईको जीवनमा वहार आएको छ । अनिला र राजेशपायल राईले गाएको चलचित्र ‘विरविक्रम’को ‘टलटल टल्कियो’ गीतको भिडियोलाई युट्युबमा करिब एक महिनामै साढे ६ लाखभन्दा बढीले हेरिसकेका छन् । यस गीतले लोकपियता पाइरहेकै बेला अनिलाले ‘यो जीवनमा वहार छायो’ बोलको गीत तथा भिडियो सार्वजनिक गरेका हुन् । मुकेश राईको शब्दरचना रहेको यस गीतलाई पनि दर्शक एवं श्रोताले रुचाएका छन् ।

anila rai 2
‘यो जीवनमा…’ गीत अनिलाको पछिल्लो एल्बम ‘स्वराङंकन’ मा समावेश छ । अनिलाले यसअघि पनि ‘स्वरांकन’ को तीन भिडियो ल्याइसकेकी छन् । एल्बममा समावेश पछिल्लो भिडियो ‘यो जिवनमा…’ लाई निर्देशन तथा सम्पादन टेकेन्द्र शाहले गरेका हुन् । यस भिडियोमा पछिल्लो समयकी व्यस्च मोडल सम्पदा बानिया र प्रज्वल गिरीले अभिनय गरेका छन् ।
मुकेश राई मिठास शब्दलाई संगीतकार बिबी अनुरागीले पुर्वेली लयमा ढालेका छन् । मनलाई तरंगीत गर्ने यस गीतले गीतकार मुकेशको भावना मात्र नभएर गायिका अनिलाको मनलाई समेत प्रतिविम्बित गर्छ किनकि पछिल्लो समय अनिलाका एकपछि अर्को गीतले चर्चा पाइरहेको छ ।
एक दशकभन्दा बढी गीतसंगीतमा व्यतित गरिसकेकी अनिला युकेमै बस्छिन् । तर, उनको भावना नेपाली गीतसंगीतमै छ । हुन त यस गीतका गीतकार मुकेश पनि युकेमै छन् । तर, गीतमा आफ्नै गाउँपाखाको तरंग उर्लिएको छ । यो गीत रिलिज गरपछि अनिलाले भनिन्, ‘यो गीत खुसीको छणलाई सम्झेर गाएकी हुँ ।’ संगीतकार विवीकै एरेञ्ज रहेको यस भिडियोलाई चाम्स् इन्टरटेन्मेन्टले बजारमा ल्याएको हो ।

Comments