‘ट्रंक शो’ मा यस्ता देखिए सेलिब्रेटी मोडल !
screennepal
प्रकाशित: २०७३, ११ आश्विन मंगलवार
no img

काठमाडौं, ११ असोज । हेयर स्टाइलिस्ट नीलडेभिड कटवालले काठमाडौंमा पहिलोपटक ‘ट्रंक शो’ आयोजना गर्दै आफू फेसन डिजाइनरको रुपमा सक्रिय भएको घोषणा गरेका छन् । विगतमा भारतको दिल्ली ईन्टरनेशनल इन्स्टिच्यूटबाट फेसन डिजाइनिङ कोष गरेर एउटा सफल फेसन डिजाइनर बन्ने सपना देखेका नीलडेभिड आइतबार राती भैंसेपाटीस्थित आफ्नै निवासमा आफूले तयार पारेका पहिरनहरुको शो आयोजना गरेका हुन् ।

tt
‘ट्रङ्क शो’ मार्फत नीलडेभिडले आफ्ना डिजाइनरहरु नेपाली सञ्चारकर्मीमार्फत सार्वजनिक गरेका हुन् । आइतबार प्रदर्शन गरिएका पहिरनमा नीलडेभिडले पर्सियन डिजाइनहरु प्रस्तुत गरेका छन् । यी पहिरनहरु तयार पार्न नीलडेभिडले भारतको कोलकाताका स्थापित फेसन डिजाइनर अनु खेमाकासंग सहकार्य गरेका छन् । ‘एनडिके एण्ड सिफन फेसन वेयर ब्राण्ड’ अब चा“डै नै काठमाडौंमा सञ्चालन हुने नीलडेभिड कटवालले स्पष्ट पारेका छन् ।

imgl8830
फेसन शोकै शैलीमा डेढ दर्जन नेपाली व्यवसायिक मोडलहरुले ती पहिरनहरु प्रदर्शन गरेका हुन् । ट्रंक शोको शोजस्टरमा नायिका पूजना प्रधान रहेकी थिइन् । उनले अन्य मोडलहरुसंगै  एनडिके एण्ड सिफन ब्रान्ड लगाएर ¥याम्पमा क्याटवाक गरेकी थिइन् ।
आफ्ना डिजाइनहरुको पहिलो शोमा नीलडेभिडले ओमन्स वेयरलाई प्रँथमकिता दिएका छन्, जसमा पार्टी वेयर, ब्राइडल सारी, लेहेंगा, कुर्तासहितका डिजाइनरहरु समावेश छन् । एनडिके एण्ड सिफनको अर्को फेसन शो अक्टोर १४ का दिन कोलाकाताको ताज बंगाल होटलमा सम्पन्न हुनेछ ।
नीलडेभिडले एनडिके एण्ड सिफ ब्राण्डलाई नेपालमा स्थापित परेर अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली मौलिकता लाई विशेष ध्यान दिएर नेपाली पहिरनलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने लक्ष्य लिएका छन् ।

imgm8558
हेयर एण्ड ब्युटिमेकअप स्टुडियोको साथै भविष्यमा फेसन डिजाइनिङको कलेज पनि खोल्ने र नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको डिजाइनिङ कोर्ष नेपालमै सिकाउन नीलडेभिडको योजना रहेको छ ।

Comments