राजेशपायलले आफ्नो विवाहबारे मुख खोले !
screennepal
प्रकाशित: २०७३, १० आश्विन सोमबार
no img

काठमाडौं, १० असोज । नेपाली गायन क्षेत्रका ‘मेगास्टार’ गायक राजेशपायल राईले आफ्नो विवाहबारे मुख खोलेका छन् । आफ्नो एल्बल ‘दर्शन नमस्ते–३’ सार्वजनिक समारोहमा बोल्दै ब्याचलर यी गायकले भने, ‘मेरो विवाहबारे धेरै चिन्ता नलिनुहोला, चाँडै गर्छु ।’

14459686_1461749073852271_1632454313_n

राजेशपायलले आफ्ना बाबु रत्न राईको प्रश्नको जवाफ दिँदै विवाहबारे यस्तो बताएका हुन् । छोराको एल्बम विमोचनमा प्रमुख अतिथिका रुपमा उपस्थित रत्नले काँइला छोरा राजेशपायलको विवाहको कुरा आउनेवित्तिकै आफ्नो अगाडि काँडाको पर्खाल लाग्ने बताएका थिए । त्यसको जवाफमा भर्सटायल गायक राजेशपायलले भने, ‘बाबु–आमाले मेरो विवाहबारे धेरै चिन्ता नलिनुहोला, त्यो समय आएपछि अवश्य गर्छु ।’ कार्यक्रममा बोल्दै बाबु रत्नले राजेशपायललाई आफूले मन परेको जुनै जातको ल्याए हुने सुझाए ।

राजधानीको नयाँ बानेश्वरस्थित इन्द्रेणी फुड ल्याण्डमा सोमबार आयोजित कार्यक्रममा ‘दर्शन नमस्ते–३’ को राजेशपायलका बाबु रत्न र आमा साँचीलक्षमी राईले संयुक्त रुपमा लोकार्पण गरे । एल्बम लोकार्पणपछि रत्नले भने, ‘यो मेरो काँइलो छोरा हुन्, तपाइँहरुको चाहिँ गायक राजेशपायल राई ।’ उनले चर्चित गायकको बाबु हुन पाउँदा खुसी लागेको बताउँदै भने, ‘छोरोको एल्बम विमोचन गर्न पाउँदा कसलाई खुसी लाग्दैन र ।’

14483893_1461748903852288_253788771_n1
लोकार्पित ‘दर्शन नमस्ते–३’ मा जम्मा नौवटा गीत छन् । जसमा दर्शन नमस्ते, कुल्ची हिड, आई लभ यु, छैनौ त, आयो समिपै, कोही विना, लाटो रिस, कान्छाले र बाबै आराखा बोलका गीत छन् । एल्बममा महेश खड्का, हरी लम्साल, सन्तोष राज, विनोद खम्बु, राई नविन र इन्दिरा जोशीको संगीत रहेको छ भने, शब्दरचना महेश खड्का, रत्नशम्शेर थापा, डा. नवराज लम्साल, दिनेश अधिकारी, राम रेप्चुङ राई, नरेश भट्टराई र विनोद खम्बुको रहेको छ । कार्यक्रममा राजेशपायलले दर्शन नमस्ते, कुल्ची हिड र आयो समिपै तीन गीत सुनाए । कुल्ची हिड बोल गीतमा अभिनेता राजेश हमालले फिचरिङ दिएका छन् । यो गीत रत्नशम्शेरले २०१६ सालमै लखेको हुन् । कार्यक्रममा बोल्दै गीतनकार रत्नशम्शेरले भने, ‘यो मैले २०१६ सालतिरै लेखेको मुक्तक हो ।’ लोकार्पित एल्बम ‘दर्शन नमस्ते–३’बारे गीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेषलगायतले चर्चा गरेका थिए ।
कार्यक्रममा बोल्दै राजेशपायलले ‘दर्शन नमस्ते–३’ का केही गीतको डिसेम्बर पहिलो साताबाट भिडियो निर्माण थाल्ने बताए । कार्यक्रमका लागि अमेरिका जानु परेकाले एल्बमसँग भिडियो लञ्च गर्न नपाएको उनले बताए । राजेशपायल केही दिनपछि नै अमेरिका सांगीतिक कार्यक्रमका लागि जाँदैछन् ।
‘दर्शन नमस्ते–३’ लाई बिन्ध्याबासिनी म्युजिकले बजारमा ल्याएको हो । यस एल्बमका लागि बिन्ध्याबासिनीले गायक राजेशपायललाई एल्बमको राईट्स १५ लाख रुपैयाँमा लिएको छ । कार्यक्रममा बिन्ध्याबासिनी म्युजिक कम्पनीकी चियरमेन लिना शर्मा रेग्मीलाई १५ लाखको चक हस्तान्तरण गरेकी थिइन् । कार्यक्रम सञ्चालन डिनेश डिसीले गरेका थिए ।

Comments