आयोजकप्रति आक्रोशित ‘मिसेस नेपाल ईन्टरनेसनल’ प्रतियोगी
screennepal
प्रकाशित: २०७३, ७ आश्विन शुक्रबार
no img

काठमाडौं, ७ असोज । अवार्ड होस् वा सौन्दर्य प्रतियोगिता नै किन नहोस्, निष्पक्षताको विषयमा बेला–बेला विवाद हुँदै आएको छ । धेरैको भनाइ छ, ‘अवार्ड र सौन्दर्य प्रतियोगिता निष्पक्ष हुँदैन, आफ्नै फेवरकालाई अवार्ड तथा ताज दिइन्छ ।’ यो भनाइको चरितार्थ पछिल्लो समय ‘मिसेस नेपाल ईन्टरनेसनल–२०१६’ को सिजन दुईमा देखिएको छ ।

misses_nepal_international

पत्रकार सम्मेलनमा सहभागी प्रतियोगी

रिबन ईन्टरटेनमेन्टद्वारा आयोजित ‘मिसेस नेपाल ईन्टरनेसनल’ को सिजन दुईका प्रतिष्प्रर्धीले आफुहरूमाथि आयोजकले पक्षपात गरेको आरोप लगाएका छन् । केही दिनअघिमात्र यो प्रतियोगिताको फाइनल गरिएको थियो, जसमा अनुपमा राईले ताज पोल्टामा पारेकी थिइन् ।
तर, त्यस प्रतियोगितामा सहभागी अन्यले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर असन्तुष्टि जनाए । पत्रकार सम्मेलनमा मञ्जीला शर्माले आफूहरुलाई एक महिना लामो तालिम दिएर फाईनल शोमा आयोजकले अपमान गरेको बताइन् । उनले भनिन्, ‘हामी सम्मानको लागि विश्वाश गरेर आयोजकले भनेको कार्य गर्न तयार भयौं, तर अन्त्यमा टप २० मा नसमेटिएका व्यक्तिलाई उत्कृष्ट घोषणा गरेको अवस्थामा हामी ठगिएको महसुस भयौं । र, हामी यो स्थानमा आएका छौ ।’
कार्यक्रममा अर्की प्रतिष्प्रधी रीना गुरुङले आयोजक संस्था रिबन ईन्टरटेनमेन्टले ताज दिएन भनेर बिरोध गरेको नभइ प्रतिष्पर्धाको नाममा बारमा लिएर अनैतिक सम्बन्ध र अनुचित व्यवहार गर्न खोज्नुजस्तो जघन्य अपराधको बिरोध गरेको बताइन् । कार्यक्रममा प्रतिमा भण्डारी, शुलोचना गुरुङ र संज्ञा श्रेष्ठले पनि तालिमको क्रममा आयोजकले अपमानजनक व्यवहार गरेको बताए । कार्यक्रम उपस्थित अधिकांशले प्रतियोगिताप्रति असन्तुष्टि जनाउँदै आयोजकप्रति ओक्रश पोखेका थिए ।

Comments