काठमाडौं, ६ असोज । फक्तालुङ सांस्कृतिक मञ्चमा नयाँ कार्यसमिति चयन गरिएको छ । हालै सम्पन्न मञ्चको दोस्रो अधिवेशनले भवानीविक्रम सम्बाहाम्फेको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मतले गठन गरिएको हो । तीनजनालाई मञ्चले आगामी पहिलो बैठकमा मनोनयन गर्ने जनाएको छ ।
ललितपुरस्थित याक्थुङ चुम्लुङ चुम्लुङहिममा आयोजित अधिवेशनको प्रमुख अतिथि पूर्वकुलपति तथा कवि वैरागी काइँलाले उद्घाटन गरेका थिए । नवगठित कार्यसमितिमा उपाध्यक्षमा तीन जना यादन शेर्मा, मेनुका योङ्या र ब्रबिम शेर्मा चयन भएका छन् भने महासचिवमा मोहन मादेन, सचिवमा कुसल थलङ र सीताकुमारी सिंगक तथा कोषाध्यक्षमा तारा लिम्बुलाई चयन गरिएको छ । त्यस्तै, सहकोषाध्यक्ष सावन फुरुम्बो रहेकी छन् ।
मञचको केन्द्रीय सदस्यहरुमा कविता ओख्राबु, सुष्मा लिम्बु, जेपी नेम्बाङ, अमृता सम्बाहाम्फे, एकदेव लिम्बु, लक्ष्मण लिम्बु, सुजन तिगेला, गणिता पयाँगु, इन्द्र सुशील चोङ्बाङ, राजेन्द्र केरुङ र कन्चन थलङलाई चयन गरिएको छ । विभिन्न सांगीतिक कार्यक्रमबीच आयोजित समारोहमा प्रमुख अतिथि बैरागी काइँलालाई तेह्रथुमे ढाका पसलको तर्फबाट निरु आङबुङले ढाकाको मायाको चिनो प्रदान गरेकी थिइन् । पछिल्लो समय तेह्रथुमे ढाका पसलले आफ्नो बजार दायरा बढाउँदै लगेको छ ।