जुम्वाण्डु वाकमा यी कलाकार
screennepal
प्रकाशित: २०७३, ६ आश्विन बिहीबार
no img

काठमाडौं, ६ असोज । नायक गजित बिष्ट, चलचित्र ‘चपली हाइट–२’ की अभिनेत्री मरिष्का पोखरेल तथा विश्वकै कान्छा निर्देशक सौगात बिष्टलगायतका कलाकारले फिटनेश –याप्पमा क्याटवाक गरेका छन् । ‘जुम्वाण्डु फिटनेश क्लब’ले राजधानीमा आयोजना गरेको कार्यक्रम ‘जुम्बा एण्ड डिजे डान्स पार्टी–२०१६’ उनीहरुले क्याटवाक गरेका हुन् । –याम्प वाकका क्रममा उनीहरुले बिभिन्न फिटनेश प्रशिक्षणसमेत लिएका छन् ।

dsc_3121
जुम्वाण्डु फिटनेश क्लब भिमसेन गोलाले आफ्नो प्रथम बार्षिक उत्सवको अवसरमा आयोजना गरेको कार्यक्रममा यी कलाकारका जुम्बा प्रशिक्षक र युवा युवतीले पनि –याम्प शो गरे । स्वाथ्य रहन आवश्यक बिभिन्न फिटनश कला उनीहरुले प्रस्तुत गरेका थिए ।

dsc_3570
स्वस्थ्यका लागी जुम्मा फिटनेशको महत्व बुझाउने उदेश्यले नेपालमै पहिलो पटक फिटनेश र्याप्प आयोजना गरिएको क्लब प्रबन्धक अर्जुन रखाल मगरले बताए । बैज्ञानिक तवरले रेगुलर एक्सरसाइज गरे अस्पताल र औसधि बिना पनि स्वस्थ्य रहन सकिन्छ भन्ने सन्देश कार्यक्रम मार्फत दिन खोजेको उनले बताए ।

Comments