दुई प्रतियोगिताको ट्यालेन्ट शो एकैसाथ
screennepal
प्रकाशित: २०७३, ४ आश्विन मंगलवार
no img

img_4405

काठमाडौं, ४ असोज । ‘मिस नेपाल आइकन–२०१६’ र ‘टिचर आइकन अफ द इयर–२०१६’ का प्रतियोगीले एकैसाथ ट्यालेन्ट शो देखाएका छन् । एएनपी मिडिया हाउसद्वारा आयोजित ‘मिस नेपाल आइकन’ मा सहभागी सबै १६ जना तथा ‘टिचर आइकन अफ द इयर’ का १५ गरी ३१ सहभागी छन् । उनीहरुले  मिस ट्यालेन्ट उपाधिका लागि प्रतिभा देखाएका हुन् । सहभागीले अभिनय, संगीत, नृत्य, वक्तृत्वकला, चित्रकलालगायतका प्रतिभा प्रदर्शन गरेका थिए ।

img_4601
दुवै प्रतियोगिताको निर्णायक मण्डलको मूल्यांकनअनुसार १÷१ जनालाई अन्तिम स्पर्धाको दिन मिस ट्यालेन्टको उपाधि प्रधान गरिने आयोजक लबबहादुर कार्कीले जानकारी गराए । निणायक मण्डलमा प्राध्यापक सरोज प्याकुरेल, सौन्दर्य प्रतियोगिता आयोजक निशुकान्त झा, नायिका सुभेक्षा थापा, मिसेस नेपाल आइकनका विजेताहरु सन्ध्या थापा, सरस्वती सहनी र मुना पौडेल रहेका थिए ।
मिस नेपाल आइकन २०१६ मा राजधानीको विभिन्न स्थानमा बसेर अध्ययन गर्दै आएका युवतीहरुले अन्तिम स्पर्धा गर्दैछन् भने टिचर आइकन अफ द इयर २०१६ मा विभिन्न स्कुलमा अध्यापन गराउँदै आएका शिक्षिकाहरुले स्पर्धा गर्दैछन् ।

img_4432
मिस नेपाल आइकन २०१६ मा बिमला ठकुरी, तुला सिलवाल, कोयल रिजाल, एलिना दाहाल, त्रिश्ना श्रेष्ठ, अन्जली महर्जन, सरस्वती तामाङ, सोनिया लिम्बु, माधुरी शर्मा, सरीता तामाङ, कबिता ठकुरी, एलिना राना, सुष्मीता पाण्डे, परी लिम्बु, सुष्मिता भट्टराई र रुबिना शर्माले अन्तिम स्पर्धा गर्दैछन् ।
त्यसैगरी टिचर आइकन अफ द इयर २०१६ मा शिल्पी गुप्ता, सुष्मिता खड्गी, गायत्रा बिसी, पबिता श्रेष्ठ, सुष्मीता महतो, विभुती पाण्डे, बिष्णुमाया तामाङ्ग, मनिशा गौतम, पासाङ ल्हामु गुरुङ, रजनी खड्का, गायत्रा सुवेदी, रीमा मुगारती, कुसुमश्री, प्रतिमा भट्टराई, र सीमा नगरकोटीले स्पर्धा गर्दैछन् । दुबै प्रतियोगिता फाइनल ८ असोजमा जमलस्थित राष्ट्रिय नाचघरमा हुनेछ।

Comments